प्रेरक: जब रिस उठ्छ तब नबोल्नुस् | Khabarhub Khabarhub

प्रेरक: जब रिस उठ्छ तब नबोल्नुस्


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकजना महिला निकै रिसाउने गर्थिन्। रिसाएका बेला उनी आफ्ना अघिल्तिर भएका जोकेहीलाई पनि असाध्यै नराम्रो गरी गाली गर्ने गर्थिन्। उनको यही बानीले गर्दा छिमेकी, आफन्त र कहाँसम्म भने घरका मान्छे पनि उनीदेखि टाढिन थालेका थिए। तर, रिस मरेपछि जहिले पनि उनी पश्चात्ताप गर्ने गर्थिन्, तर त्यति बेलासम्म निकै ढिला भइसकेको हुन्थ्यो।

एक दिन महिलाले के थाहा पाइन् भने सहरमा नामी सन्त आएका छन् र उनले धेरैको समस्या निराकरण गर्ने क्षमता राख्छन्। महिला सन्तलाई भेट्न गइन् र भनिन्, ‘महाराज! मेरो रिसको कुनै सीमा नै छैन। यसैकारण धेरैजना मसँग टाढिँदै गइरहेका छन्, मलाई आफ्नो गल्ती महसुस नहुने पनि होइन। तर, त्यति बेलासम्म निकै कुरा बिग्रिसकेको हुन्छ। म के गरूँ महाराज ?’

महिलाको कुरा सुनेर सन्त मुसुमुसु हाँस्न थाले। महिलाको समस्या विस्तारमा सुनेपछि उनले एउटा सिसीमा दबाई भरेर दिए र रिस उठ्ने बेलामा पिउन सुझाए। एक हप्तापछि महिलामा सकारात्मक प्रभाव देखिन थाले। महिलालाई कम रिस उठ्न थााल्यो।

त्यसपछि महिला सन्तलाई भेट्न गइन् र भनिन्, ‘हजुरले दिएको औषधिले मलाई निकै राम्रो काम गर्‍यो। तपाईं जानुअघि कृपया मलाई त्यो औषधि के हो र कहाँ पाइन्छ भन्नेबारे केही भन्नुहोला। यसले मेरो रिस कम गर्न सक्ने रहेछ।’ महिलाको कुरा सुनेर सन्त मुसुमुसु मुस्काउन थाले।

त्यसपछि उनले भने, ‘जसलाई तिमीले औषधि ठानेकी छ्यौ, त्यो अमूल्य औषधि– पानी हो।’ रिस उठ्ने बेलामा तिमीले केही बेर नबोल्नुपर्ने नै थियो। पानी खाँदा अलिकति समय त्यसमा खर्च हुन्थ्यो र तिमीले पानीलाई औषधि ठानेको हुनाले पनि परिवर्तन देखापरेको हो। त्यसैले अब जहिले रिस उठ्छ, तिमी नबोल्ने अभ्यास गर। तिम्रो रिस आफैँ नियन्त्रित हुन्छ।’

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ३ : ३३ बजे

एनपी साउदले भने : सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन

महोत्तरी – नेपाली कांग्रेसका नेता एनपी साउदले वर्तमान सरकारले जनअपेक्षाअनुरुप

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालयमा क्षति

उदयपुर – वर्षासँगै आएको आँधी, हावाहुरीका कारण उदयपुरका विभिन्न स्थानमा

एनसेल फ्ल्याश सेल्स अफर : आकर्षक डेटा प्याकसँगै अनलिमिटेड सोसल मिडिया पहुँच

काठमाडौं – एनसेलले आफ्नो साप्ताहिक फ्ल्याश सेल्स अफरलाई परिमार्जन गर्दै

जापानले नेपाललाई थप ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने

काठमाडौं – ‘धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर (आन्तरिक अनुदान)को

हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

काठमाडौं – हावाहुरीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण