बालिका बेचेको आरोपमा महिला पक्राउ « Khabarhub

बालिका बेचेको आरोपमा महिला पक्राउ


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- जिल्ला प्रहरी कार्यालय सुर्खेतले १३ वर्षीया बालिकालाई भारतमा बेचेको आरोपमा ५० वर्षीया एक महिलालाई पक्राउ गरेको छ ।

भेरीगङ्गा नगरपालिका–६ सुर्खेतकी महिलालाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सोमबार सार्वजनिक गरेको छ ।

विसं २०७१ जेठ १८ गते गुर्भाकोट नगरपालिका–९ सुर्खेतकी १३ वर्षीया बालिकालाई ती ५० वर्षीया महिलाको योजना र प्रपञ्चमा उनकै छोरीले भारतमा राम्रो नोकरी लगाइदिन्छु भनी ललाइफकाई गरी दिल्ली लगी बेचबिखन गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिप्रका सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

‘विसं २०७१ जेठ १८ गतेको घटनालाई उल्लेख गरेर आरोपित महिलाका विरुद्ध गुर्भाकोट नगरपालिका–९ का ५८ वर्षीया महिलाले विसं २०७७ माघ २६ गते सुर्खेत जिप्रकामा बालिका बेचबिखनको जाहेरी निवेदन दिएकी थिइन्’, प्रहरी नायब उपरीक्षक घर्तीले भने, ‘तर बेचिएको सात वर्षपछि पीडित बालिका भारतबाट यही भदौ २३ गते नेपाल आएकी छन् ।’

प्रहरीका अनुसार पीडित बालिका बेचिएको ठाउँमा १५ महिना बसेको र पछि त्यो ठाउँबाट भागेर मुम्बईमा काम गरी सात वर्षपछि नेपाल आउन सफल भएकी छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  १० : ५० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना