चीनमा ६ रेक्टर स्केलको भूकम्प, घर भत्किँदा २ जनाको मृत्यु  « Khabarhub

चीनमा ६ रेक्टर स्केलको भूकम्प, घर भत्किँदा २ जनाको मृत्यु 


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनको सिचुआन प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको छ ।

आज बिहान ४ः३३ बजे भूकम्प गएको एपी न्युजले जनाएको छ । भूकम्पले घरहरु भत्किएर कम्तीमा दुई जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएको जनाइएको छ । भूकम्पपछि उद्धार कार्य जारी छ ।

सिन्ह्वा समाचार एजेन्सीले जनाए अनुसार ६० जना घाइते भएका छन्, तीन जनाको अवस्था गम्भीर छ । यस्तै ३५ घर भत्किएका छन् ।

भूकम्पको केन्द्र उक्त प्रान्तको राजधानी चेङ्ग्दूको २०० किलोमिटर दक्षिणपूर्वमा रहेको जनाइएको छ । पश्चिमी चीनमा बारम्बार भूकम्पले क्षति गरिरहेको छ ।

मे २००८ मा समेत ७.९ म्याग्निच्युडको भूकम्पले सिचुअनमा झण्डै ९०,००० मानिसको ज्यान गएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ८ : ३२ बजे

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा

टीकापुर– कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी घाटमा

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले