एक सय २० किलो गाँजासहित दुई जना पक्राउ « Khabarhub

एक सय २० किलो गाँजासहित दुई जना पक्राउ


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– जिल्ला प्रहरी कार्यालय मकवानपुरले १२० किलोग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

शनिवार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपु ले लागुऔषध गाँजासहित ना३ख ३७१५ नंको ट्रक, ट्रकचालक तथा धनी र सवार एकलाई सार्वजनिक गरेको हो ।

प्रहरीले ट्रक धनी तथा चालक मकवानपुरको राँक्सीराग गाउँपालिकाका २८ वर्षीय सुकुलाल थिङ र ट्रकमा सवार राँक्सीराग गाउँपालिकाकै नमराज दर्जीलाई पक्राउ गरी अनुसन्धान तथा कारवाही अगाडि बढाएको जानकारी दिएको छ ।

प्रदेश नं ३ प्रहरी कार्यालयमा प्राप्त विशेष सूचनाका आधारमा जाँच गर्दा लागुऔषध गाँजा भेटिएको प्रहरीले जनाएको छ । कसुर सावित भएमा लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम दुई वर्षदेखि १० वर्षसम्म कैद र रु १५ हजारदेखि रु एक लाखसम्म जरिवानाका साथै सवारीसाधनसमेत जफत हुने व्यवस्था छ ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ४ : ०१ बजे

कांग्रेसको महाधिवेशन रोक्ने देउवा र खड्काको माग सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न सर्वोच्च अदालतले

भोटेकोसी बाढीपछि उद्धारमा १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– रसुवास्थित भोटेकोसी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित

त्रिवि शिक्षण अस्पतालको अहिलेको अवस्था (तस्बिरहरू)

काठमाडौं– महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रसुवा बाढीमा परेर घाइते भएका,

भोटेकोशी बाढी : बाराका १५ जना सम्पर्कविहीन

बारा– रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीपछि बाराका

घरमा बचेका सामान झिक्दै बाढीपीडित

काठमाडौं– क्षणभरमै भग्नावशेष बनेका घरमा बचेका सामान बाढीपीडित झिक्न थालेका छन्