काठमाडौँ– चीनबाट कोरोनाविरुद्धको ४४ लाख डोज भेरोसेल खोप शुक्रबार काठमाडौँ आइपुगेको छ । नेपाल एयरलाइन्सको जहाज खोप लिएर शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
सो खोप लिन बिहीबार राति नेपाल एयरलाइन्सको बिमान बेइजिङ उडेको थियो । नेपाल सरकारले खरिद गरेको ६० लाख डोज मध्ये शुक्रबार ४४ लाख डोज खोप ल्याइएको हो । यसअघि ६० लाखमध्ये १६ लाख डोज खोप नेपाल आइसकेको छ ।
नेपालमा हालसम्म १ करोड ३३ लाख डोज खोप आएको छ । त्यसमध्ये ५० लाख डोज खरिद गरिएको हो भने बाँकी अनुदान सहयोगमा प्राप्त भएको हो । सरकारले आगामी चैतसम्म खोप लगाउन योग्य सबै नेपाली नागरिकलाई खोप लगाइसक्ने रणनीति बनाएको छ । सोही अनुसार खोप आपूर्ति भइरहेको छ ।
मित्रराष्ट्र चीनबाट खरिद गरि ल्याइएको ४४ लाख कोभिड-१९ विरूद्धको खोप आज काठमाडौं आइपुगेको छ । pic.twitter.com/laDw3xwcKl
— Umesh Shrestha (@MohpStateMin) September 17, 2021
प्रतिक्रिया