गेरुवस्त्र लगाएर केदारनाथ मन्दिरमा ध्यानमा बसे भारतीय प्रधानमन्त्री मोदी « Khabarhub

गेरुवस्त्र लगाएर केदारनाथ मन्दिरमा ध्यानमा बसे भारतीय प्रधानमन्त्री मोदी


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीर्थाटनका लागि उत्तराखण्ड राज्यको केदारनाथ पुगेका छन् । दुई दिने उत्तराखण्ड यात्राका क्रममा प्रधानमन्त्री मोदी केदारनाथ पुगेका हुन् ।

तीर्थाटनका क्रममा गेरुवस्त्र धारण गरेर केदारनाथको मन्दिर परिसरमा रहेको पवित्र गुफामा उनले ध्यान गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रधानमन्त्री मोदी केदारनाथ भ्रमणका लागि पुगेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

उनले केदारनाथ मन्दिरको विकासबारे जानकारी लिएको र यसलाई थप व्यवस्थित बनाउन आवश्यक निर्देशन समेत दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आफ्नो प्रधानमन्त्री कार्यकालमा उनले यसअघि धेरैपटक केदारनाथको भ्रमण गरिसकेका छन् । यससँगै उनले आइतबार बद्रिनाथको भ्रमण गर्ने कार्यक्रम छ ।

भारतमा जारी आम निर्वाचनअन्तर्गत सातौं चरणको मतदान हुनुअघि एक दिनअघि मोदी तीर्थाटनका लागि निस्केका हुन् ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ५ : ११ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार