रौतहटबाट ठूलो परिमाणको पटाका बरामद | Khabarhub Khabarhub

रौतहटबाट ठूलो परिमाणको पटाका बरामद


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सशस्त्र प्रहरीले रौतहटको मौलापुर नगरपालिका–६ पथराबुद्धरामबाट ठूलो परिमाणमा विष्फोटक पदार्थ पटाका बरामद गरेको छ ।

भारतबाट नेपाल भित्र्याइएको अवस्थामा बेवारिसे अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा बेस सरमुजवाबाट सशस्त्र प्रहरी निरीक्षक भरत गौतमको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो ।

बारा–रौतहटको सिमानामा पर्ने अडुवा नदी हुँदै पथराबुद्धरामसम्म पटाका लिएर पुगेका तस्करले सशस्त्र प्रहरीलाई देखेपछि पटाका छाडेर फरार भएको सशस्त्र प्रहरी बल ११ नम्बर गण रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेन ओलीले जानकारी दिए ।

बरामद भएको पटाका अन्दाजी करीब रु एक लाख ५० हजार मूल्य बराबरको रहेको र त्यसलाई सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा बेस सरमुजवामै खाल्डोमा पुरेर नष्ट गरिएको उनले जानकारी दिए ।

पटाका तस्करीमा सङ्लग्न रहेका बौद्धीमाई नगरपालिका–७ का गुड्डु भन्ने रहमजान र सोही ठाउँकै अर्का श्रीराम दास फरार भएका छन् । निजहरुको खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ९ : ०१ बजे

कर्णाली राजमार्ग सञ्चालन

मान्म – जिल्लाको शुभकालिका-१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको

दायाँ खुट्टामा ६ गोली लागेका विजय भन्छन्- ‘बरु मारिदिएको भए हुन्थ्यो’

काठमाडौं । ट्रमा सेन्टरको ५४९ नम्बर बेडमा लम्पसार परिरहेका २२

खोटाङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

खोटाङ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खोटाङले

नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख

कीर्तिपुर– जेन-जी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी

सिरहामा क्षति भएका प्रहरी युनिट पुनः स्थापना

सिरहा– जेन-जी पुस्ताको प्रदर्शनका क्रममा क्षति भएका यहाँका प्रहरी युनिट