काष्ठमण्डप पुनः निर्माण ९६ प्रतिशत काम सकियो « Khabarhub

काष्ठमण्डप पुनः निर्माण ९६ प्रतिशत काम सकियो


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण आगामी दशैँअघि नै सक्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । अहिले ९६ प्रतिशत काम सम्पन्न भएको छ । अब चार प्रतिशत काम मात्र बाँकी छ ।

काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार थोरै काम मात्र बाँकी रहेकाले दशँैसम्म सक्ने लक्ष्य छ ।

“यसबीचमा केही अवरोध नआए ढुक्कसँग दशैँअघि काम सम्पन्न हुने थियो”, अध्यक्ष शाक्यले भने, “अन्य निर्माण सम्पन्न गरी अहिले छानो छाउने काम भइरहेको छ ।”

विसं २०७२ को वैशाख १२ गते आएको भूकम्पले काष्ठमण्डप पूर्णरुपमा क्षति भएको थियो । सातौँ शताब्दीमा निर्माण गरिएको यस सम्पदाको पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । पुनःनिर्माणको काम २०७५ को वैशाखदेखि सुरु गरिएको हो । निर्माणका लागि कामपाले हालसम्ममा रु ११ करोड ५० लाख दिइसकेको छ ।

पुनः निर्मित उक्त ऐतिहासिक सम्पदामा गत साउन दोस्रो साता मूल गजुर भित्र्याइएको थियो । काष्ठमण्डपसँगैको श्रीखण्डतरुमुल महाविहारभित्र तीन दिनसम्म गुप्त तान्त्रिक पूजा गरी उक्त गजुरलाई भित्र्याइएको हो । गजुरलाई काष्ठमण्डपभित्र बिसाइ सकेपछि सिँख्वःमूबहाःया पण्डित प्रा यज्ञमानपति बज्राचार्यको नेतृत्वमा सोही बहालका गुर्जुले चर्या नृत्यसहित प्रतिस्थापन पूजा गरिएको थियो । सालको काठबाट बनाइएको गजुरमा १३ चक्की छन् ।

उक्त सम्पदा पुनःनिर्मणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ । प्रयोग हुने काठमध्ये केही यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको हो ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ८ : ३० बजे

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर– जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को

सरकारको सय दिने उपलब्धिभित्र छोपिएको सुकुम्वासीको आँसु र अन्योलता

काठमाडौं– नयाँ सरकारले कार्यकालको सय दिन पूरा गर्दै आफ्ना उपलब्धि

कङ्गोमा इबोला सङ्क्रमण तिव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमा हाल इबोला सङ्क्रमण तिव्र भएको जनाइएको

राष्ट्रियसभामा बाढीपहिरोले अवरुद्ध राजमार्ग सञ्चालन गर्न सरकारसँग माग

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले मनसुनका कारण बाढीपहिरोबाट अवरुद्ध

शिक्षक महासङ्घको काठमाडौं जिल्ला समिति विस्तार

काठमाडौं– नेपाल शिक्षक महासङ्घले पहिलो पटक जिल्ला समिति काठमाडौं गठन