अभिनेता साहिल खानहित पाँचविरुद्ध मुद्धा दर्ता « Khabarhub

अभिनेता साहिल खानहित पाँचविरुद्ध मुद्धा दर्ता


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(न्यूजनेसनटीभी)– मुम्बई प्रहरीले बलिउड अभिनेता साहिल खानसहित पाँचविरुद्ध प्रख्यात बडी बिल्डर र पूर्व ‘मिस्टर इण्डिया’ मनोज पाटिललाई आत्महत्याका लागि उक्साएको आरोपमा शुक्रबार मुद्धा दर्ता गराएको छ ।

बिहीबार बिहान आत्महत्याको प्रयास गरेका पाटिलको बीएमसीद्वारा सञ्चालित आरएन कूपर अस्पताल विले पार्लेमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार पाटिलले ओशिवाराको सैलीला अपार्टमेन्टमा रहेको घरमा केही औषधि खाएर आत्महत्याको प्रयास गरेका थिए । तर उनको परिवारले उनलाई तुरुन्तै अस्पताल पुर्याएपछि उनको ज्यान जोगिएको थियो ।

२९ वर्षे पाटिल मोडलिङमा व्यस्त कलाकार हुन् । हालैमात्र उनले ओशिवारा प्रहरीमा एक उजुरी दर्ता गर्दै आफूलाई खान र अन्य व्यक्तिहरुले पेशागत करियरमा अवरोध सिर्जना गरेको र सामाजिक सञ्जालको माध्यमबाट बद्नाम गर्न खोजेको आरोप लगाएका थिए ।

प्रहरीले पाटिलको पत्रलाई प्राथमिकता दिएर दर्ता गराएको छ । पाटिल पूर्ण रुपमा स्वस्थ भएपछि उनको बयान लिइने र त्यसका आधारमा पीडकलाई पक्राउ गरिने जनाएको छ । तर खानले भने आफूमाथि पाटिलले लगाएको सबै आरोपको खण्डन गरेका छन् ।

प्रहरीले खान र अन्यविरुद्ध भारतीय दण्ड संहिताको धाराअनुसार आत्महत्याका लागि उक्साएको, अपराध गर्ने प्रयास, मानहानी, आपराधिक धम्कीलगायतका विषयमा मुद्धा दर्ता गराएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ११ : ५१ बजे

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार