लागुऔषध हेरोइनसहित कुवेतमा एक नेपाली पक्राउ « Khabarhub

लागुऔषध हेरोइनसहित कुवेतमा एक नेपाली पक्राउ


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा: कुवेतमा पाँच झोला हेरोइनसहित एक नेपाली युवालाई पक्राउ गरिएको छ ।

कुवेतको आन्तरिक सुरक्षा मन्त्रालयले त्यहाँको हवाली क्षेत्रमा गस्ती गरिरहेको अवस्थामा एउटा गाडी पार्किङ गरी बसेका चालकलाई भेटेको र खोजतलास गर्दा उनको गाडीबाट पाँच झोला हेरोइनसहित एक नेपाली युवालाई पक्राउ गरिएको जनाएको छ ।

ती नेपालीलाई हेरोइन बिक्रीका लागि ग्राहक कुरेर बसिरहेको अवस्थामा नियन्त्रणमा लिइएको र उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि लागुऔषध प्रवर्तन विभाग पठाइएको कुवेत प्रहरीलाई उद्रित गर्दै अरब टाइम्सले जनाएको छ ।

पक्राउ परेका ती नेपालीको परिचय भने खुलाईएको छैन । कुवेतमा पछिल्लो समय गैरकानुनी रुपमा बसेका नेपालीहरूले लागुऔषध, घरेलु मदिरा बिक्री वितरण गरेको आरोपमा धेरै नेपालीहरू पक्राउ परिसकेका छन् ।

यस्ता गतिबिधिमा पक्राउ परेकाहरूलाई त्यहाँको सरकारले पुन: कुवेत फर्कन नसक्ने गरी डिपोर्ट गर्ने गरेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १२ : २३ बजे

एक अर्ब ४७ करोड बढी राजस्व सकंलन

चितवन– गत आर्थिक वर्षमा भन्दा चालु आवमा एक अर्ब ४७

ट्रम्प धेरै बोल्छन् : इरानी उपविदेशमन्त्री

काठमाडौं- इरानी उपविदेशमन्त्री सइद खातिबजादेहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको निर्देशन, यी हुन् क्षेत्रहरू 

काठमाडौं– गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’

नेता पौडेलको प्रश्न- ‘पर्दा भित्रबाट’ वामपन्थी एकताको चर्चा कसले चलायो ?

काठमाडौं– नेकपा (एमाले)का नेता विष्णु पौडेलले अहिलेको समयमा वामपन्थी एकताको

जेसीबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–१६ फारमस्थित पूर्व–पश्चिम राजमार्गमा आज