२४ घण्टामा थपिए साढे ३ लाख कोरोना संक्रमित, ५ हजारको मृत्यु | Khabarhub Khabarhub

२४ घण्टामा थपिए साढे ३ लाख कोरोना संक्रमित, ५ हजारको मृत्यु


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो दुई दिनमा विश्वभर कोरोना संक्रमितको संख्या केही घटेको छ ।

ओल्डोमिटरको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ३ लाख ४९ हजार ९५५ जना संक्रमित थपिएका छन् । यसअघि दैनिक संक्रमितको संख्या आइतबार साढे ४ लाख र सोमबार ५ लाखको हाराहारीमा थियो ।

थपिनेमध्ये सबैभन्दा धेरै अमेरिकामा ३२ हजार ६३८, भारतमा ३० हजार ८०९, बेलायतमा २९ हजार ६१२, टर्कीमा २६ हजार ३९८ जना रहेका छन् । यसैगरी रुसमा २० हजार १७४ जना र ब्राजिलमा ९ हजार ४५८ संक्रमितको पहिचान भएको छ ।

यही अवधिमा ५ हजार ७०८ जनाको मृत्यु भएको छ । दैनिक मृत्यु हुनेको संख्या रुसमा सबैभन्दा धेरै रहेको छ । त्यहाँ ७९३ जनाको मृत्यु भएको छ । त्यसैगरी इरानमा ३९१ जना, अमेरिकामा ३०९, भारतमा २९६, ब्राजिलमा २३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै हालसम्म कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४७ लाख नाघेको छ । कुल संक्रमित २२ करोड ९२ लाख ६० हजार ५६३ मध्ये हालसम्म् २० करोड ५८ लाख ७८ हजार मानिस निको भइसकेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ६ : २१ बजे

राप्रपाले आज पनि गर्‍यो प्रतिनिधिसभा बैठक बहिस्कार

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभामा आज पनि रास्वपाको अवरोध जारी

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणको

उद्योग समितिमा मन्त्री उपस्थित नभएपछि सांसदको आपत्ति

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

पर्वतमा नहर बनाएर बाढी नियन्त्रण

पर्वत– जिल्लाको जलजला गाउँपालिका–७ धाइरिङस्थित गुन्टेखेत र सल्यानको बस्ती संरक्षणका

बढ्दै कोरोना, सात दिनमा ३० जनामा सङ्क्रमण

काठमाडौं– मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका