रसियामा संसदीय निर्वाचन :  राष्ट्रपति  पुटिनको पार्टीलाई बहुमत « Khabarhub

रसियामा संसदीय निर्वाचन :  राष्ट्रपति  पुटिनको पार्टीलाई बहुमत


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रसियामा सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारुढ युनाईटेट रसिया पार्टीले बहुमत ल्याएको छ । चार दिनअघि सम्पन्न निर्वाचनमा युनाईटेड रसियाले बहुमत प्राप्त गरेको रसियाली सञ्चार माध्यमहरुले जनाएका छन् । निर्वाचनअघिको मतसर्वेक्षणहरुले पनि पुटिनको पाटी विजयी हुने देखाएका थिए ।

५० प्रतिशत मतगणना हुँदा युनाईटेड रसियाले ४६ प्रतिशत र प्रमुख विपक्षी कम्युनिस्ट पार्टीले २१ प्रतिशत मत पाएको छ । तल्लो सदन डुमामा कूल चार सय ५० स्थानका लागि भएको निर्वाचनमा व्यापक धाँधली भएको विपक्षीले आरोप लगाएका छन् ।

तीन चरणमा गरिएको निर्वाचनमा १४ ओटा राजनीतिक दलहरुले प्रतिष्प्रर्धा गरेका थिए । पुटिनका आलोचकलाई भने प्रतिष्प्रर्धामा रोक लगाइएको थियो ।

सरकारले केही महिनाअघि पुटिनका प्रमुख प्रतिद्वन्द्वी अलेक्सी नभाल्नीलाई कैद गरेको थियो । उनले नेतृत्व गरेको संगठनलाई ‘अतिवादी’ घोषित गर्दै प्रतिबन्ध लगाइएको थियो ।

निर्वाचनको पूर्वसन्ध्यामा नभाल्नीका मुख्य सहयोगीलाई पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ९ : ४५ बजे

अप्रिलमा एक लाख सात हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं – सन् २०२६ को अप्रिल महिनामा एक लाख सात

पाँच लाख धरौटी तिरेर छुटेलगत्तै शेखर गोल्छा बीमासम्बन्धि कसुरमा पुनः पक्राउ

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा धितोपत्र

हितेन्द्रदेव शाक्यसहित विद्युत प्राधिकरणअन्तर्गतका १० जना पदमुक्त

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलयातलाई

चालकले अटेर गर्दा रोशीको बाढीमा फसे ५ माइक्रो

काठमाडौँ । काभ्रेपलाञ्चोकको रोशी खोलाको बाढीमा ५ वटा माइक्रो बस

काभ्रेको रोशी खोलामा ५ माइक्रोबस फसे, उद्धार प्रयास जारी

काभ्रेपलाञ्चोक – अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा ५ वटा