आमाबाबुविरुद्ध थलापति विजयको उजुरी « Khabarhub

आमाबाबुविरुद्ध थलापति विजयको उजुरी


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– दक्षिण भारतीय फिल्मका स्टार थलापति विजय आफ्नो फिल्मका कारण चर्चामा छन् । फ्यानमाझ उनको क्रेज जबरदस्त छ । विजय यसपटक केही फरक कामले चर्चामा आएका छन् ।

उनले मद्रासको हाइकोर्टमा आफ्नै आमाबाबुविरुद्ध उजुरी दर्ता गराएका छन् । उनले आमाबाबुसँगै अन्य एघार व्यक्तिविरुद्ध पनि उजुरी दिएका छन् ।

विजयका पिता र निर्देशक एसके चंक्रशेखरले केही समयअघि एक राजनीतिक पार्टी सुरु गरेका थिए । यो पार्टीको नाम अल इण्डिया थलापति विजय मक्कल इयक्कम थियो ।

चुनाव आयोगमा दर्ता भएको दस्तावेजमा यो चुनावी पाटीको जनरल सेक्रेटरीमा विजयको पिताको नाम छ । उनकी आमा शोभ चन्द्रशेखरलाई कोषाध्यक्ष पदमा राखिएको छ ।

केही समय अघि विजयले यो चुनावी पार्टीमा आफ्नो कुनै सम्बन्ध नरहेको बताएका थिए । उनले आफ्ना फ्यानलाई यो पार्टीमा आफ्नो नाम देखेर नजोडिन आग्रह गरेका थिए । उनले कसैले आफ्नो नामको तस्वीर या फ्यान क्लबको प्रयोग गरेमा उनीहरुविरुद्ध मुद्धा दर्ता गर्ने चेतावनी दिएका थिए ।

विजयको फिल्मी करियरको कुरा गर्दा उनले बाल कलाकारका रुपमा फिल्ममा सुरुवात गरेका थिए । उनी प्रमुख अभिनेताका रुपमा फिल्म ‘नालया थीरपू’ हो ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १२ : ५२ बजे

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काठमाडौँ– पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा

भानुभक्तको सालिक तोडफोड गरेको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौँ– लमजुङमा भानुभक्त आचार्यको सालिक तोडफोड गर्ने एक व्यक्तिलाई प्रहरीले

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग