अध्यादेश खारेज भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार : यादव « Khabarhub

अध्यादेश खारेज भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार : यादव


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेपछि मात्रै मन्त्रिपरिषद् बिस्तार हुने बताएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चाकर्मीसंग कुरा गर्दै यादवले दलसम्बन्धी अध्यादेश खारेज हुने बित्तिकै मन्त्रिपरिषद विस्तार हुने र सरकारले पूर्णता पाउने बताए ।

उनले दल विभाजन सम्बन्धी अध्यादेशले विकृति फैलाउने भन्दै यसको खारेजी गर्नुपर्ने धारणा राखे ।

‘सरकारलाई पूर्णता दिनका लागि मन्त्रालयको बाँडफाँड हुनुपर्छ । त्यो भइसकेको छैन,’ यादवले भने, ‘दलसम्बन्धी अध्यादेश खारेज हुन्छ । र त्यो खारेज हुने बित्तिकै मन्त्रिपरिषद्को बिस्तार हुन्छ । सरकारले पूर्णता पाउँछ ।’

यादवका अनुसार मन्त्रालय बाँडफाँडमा पनि अझै सहमति जुटेको छैन । प्रधानमन्त्री शेरबहादुर देउबाले शपथ लिएको ६९ दिन भइसक्दासम्म पनि सरकारले पूर्णता पाएको छैन । प्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री गरी ६ जनाले मात्रै मुलुक चलाइरहेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ३ : ५५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको