‘वीर विक्रम २’ हेर्न शनिवार दर्शकको भीड, पायो मिश्रित प्रतिक्रिया « Khabarhub

‘वीर विक्रम २’ हेर्न शनिवार दर्शकको भीड, पायो मिश्रित प्रतिक्रिया


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘वीर विक्रम २’ ले शुक्रवारको तुलनामा शनिवार आशालाग्दो व्यापार गरेको छ । शुक्रवार औसत ओपनिङ गरेको यो फिल्मले शनिवार बिदाको दिन भने दर्शकको राम्रो साथ पायो । मल्टिप्लेक्स हलमा भने यो फिल्मले धेरै शो पाएको छैन । यद्यपि पाएका शोमा दर्शकको राम्रो साथ पायो ।

सिङ्गल थिएटरमा भने यो फिल्मले शनिवार सुखद् व्यापार गर्‍यो । शनिवार राजधानीका विभिन्न हलमा कलाकारको टिम पुगेको थियो । फिल्म हेरिसकेपछि दर्शकले कलाकारलाई प्रत्यक्ष भेटेका थिए ।

राजधानीको गोपीकृष्ण हलमा सिनेमा हेरेका दर्शकले फिल्म राम्रो लागेको प्रतिक्रिया दिँदै कलाकारको हौसला बढाएका थिए । हलबाहिर उपस्थित दर्शकले ‘एक दुई तीन छेपारो छिन्’ भन्दै हूटिङ गरेका थिए । फ्यानले कलाकारसँग सेल्फी खिच्दै खुशी साटेका थिए ।

मिलन चाम्सले निर्देशन गरेको यो फिल्ममा पल शाह, नाजिर हुसेन, वर्षा शिवाकोटी, बुद्धि तामाङ लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ । लभस्टोरी मन पराउने दर्शकले यो फिल्म राम्रै लागेको प्रतिक्रिया दिएका छन् । प्रदीप भारद्वाजले स्किृप्ट लेखेका यो फिल्मले समीक्षात्मक रुपमा भने राम्रो प्रतिक्रिया पाउन सकेन ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  १० : २९ बजे

एमाले महाधिवेशनः नयाँ नेतृत्वको मतदान आज हुँदै, तयार भए ८० विद्युतीय भोटिङ मेसिन

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका

२०८२ साल अनुरूप नै २०८३ को पञ्चाङ्ग पात्रो प्रकाशन हुने

काठमाडौं – विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

निर्वाचन ७८ दिन बाँकीः १० वटा मात्रै झण्डा प्रयोग पाउने, कस्तो बन्यो आचारसंहिता ?

काठमाडौं – निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस २ गते बुधबार तदनुसार