सत्ता गठबन्धनमा नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति | Khabarhub Khabarhub

सत्ता गठबन्धनमा नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ गठबन्धनमा परराष्ट्र मन्त्रालय नेपाली कांग्रेसले लिने सहमति जुटेको छ । सहमति जुटेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने भएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा नेपाली टोलीको नेतृत्व गर्दै जानुपर्ने भएपछि देउवाले उनलाई परराष्ट्रमन्त्री नियुक्त गर्न लागेका हुन् ।

खड्कालाई बुधबार बिहान नियुक्त गरिने स्रोतले जनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्रीले नेपाली टोलीको नेतृत्व गर्दै महासभामा जाने निर्णय गरेको थियो ।

मंगलबार अपरान्ह भएको सत्तागठन्धनको बैठकमा खड्कालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने विषयमा छलफल भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री देउवाले खड्काको नाम प्रस्ताव गरेका थिए ।

दलहरुबीच मन्त्रिमण्डललाई शीघ्र पूर्णता दिने विषयमा बैकठमा छलफल भएको र बुधबार पुनः गठबन्धनको बैठक बस्ने कार्यसूची तय भएको छ ।

आजको बैठकमा विशेषगरी सरकार विस्तारका विषयमा नै छलफल केन्द्रित रहेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

गठबन्धनले मन्त्रिपरिषद् विस्तारका बारेमा खाका तयार पार्न कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको कार्यदललाई जिम्मा दिएको थियो । कार्यदलले आवश्यक छलफल गरी मनित्रपरिषदमा कुन दलले के कति सदस्य लिने भन्ने बारेमा एउटा खाका तयार पारेको छ ।

आजको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई तथा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलको सहभागिता थियो ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ९ : १५ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा