आन्दोलनरत प्राध्यापकलाई एमयूको चेतावनी : ‘वार्तामा नआए ताला खोलिन्छ’ « Khabarhub

आन्दोलनरत प्राध्यापकलाई एमयूको चेतावनी : ‘वार्तामा नआए ताला खोलिन्छ’


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत-मध्यपश्चिम विश्वविद्यालय (एमयू)ले लामो समयदेखिको तालाबन्दीका कारण कार्यसम्पादन प्रभावित भएको भन्दै आन्दोलनरत प्राध्यापक सङ्गठनलाई वार्तामा आउन आग्रह गरेको छ ।

विश्वविद्यालयले मङ्गलबार साँझ विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई बुधबार साँझसम्म वार्तामा आउन भनेको हो । विश्वविद्यालयले तालाबन्दीका कारण विद्यार्थी सङ्गठनसँग भएका सहमति कार्यान्वयन गर्न, एघारौँ सभासम्बन्धी तयारी गर्न, बजेट निकासा र खर्चको प्रक्रिया एवं दैनिक प्रशासनिक कार्यसञ्चालन गर्न अवरोध पुगेको जनाएको छ ।

विश्वविद्यालयद्वारा गठित उच्चस्तरीय वार्ता समिति र प्राध्यापक सङ्गठनबीच पटक-पटक वार्ता भए पनि सहमति हुनसकेको थिएन ।विश्वविद्यालयले निष्काशित गरेका दुई प्राध्यापकलाई पुनःवहालीको माग गरी प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन र आंशिक प्राध्यापक सङ्गठन आन्दोलित छन् ।

विश्वविद्यालयले साँझसम्म वार्तामा नआए आफैँ ताला खोल्ने चेतावनी दिएको छ । ‘लामो समयसम्म तालाबन्दीको अवस्थामा राख्न नसकिने हुँदा लगाइएको ताला खोली विश्वविद्यालय प्रशासन दैनिक कार्यसम्पादन गर्न बाध्य हुने अवगत गराउँछौँ’, रजिष्ट्रार प्रा.डा. नारायणप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयमा देखिएका समस्यालाई वार्ता र सहमतिबाट समाधान गर्न विश्वविद्यालय नेतृत्व सदैव तयार छ ।’

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ८ : ३७ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी