इन्गेजमेन्ट अघि नै कलाकार जोडीको दुर्घटनामा निधन « Khabarhub

इन्गेजमेन्ट अघि नै कलाकार जोडीको दुर्घटनामा निधन


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– मराठी फिल्म अभिनेत्री इश्वरी देशपाण्डेको सडक दुर्घटनामा निधन भएको छ । यो घटना सोमबार बिहान गोवाको बरदेज तालुकामा भएको हो ।

इश्वरी सवार गाडीमा उनको नजिकको साथी शुभम देडगे पनि थिए । दुर्घटना पश्चात दुवैको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार इश्वरी चढेको गाडी सडकबाट तल गहिरो पोखरीमा खसेको थियो ।

गोवाको बरदेज प्रहरीले इश्वरी र शुभको शव पानीबाट निकालेको थियो । दुवैको शव कारमै थियो । प्रत्यक्षदर्शीका अनुसार इश्वरी र शुभ सवार गाडी तिब्र गतिमा कुदेको थियो । जसकारण सन्तुलन बिग्रिएपछि गाडी सडकबाट गहिरो पोखरीमा खसेको थियो । तर कार कसले चलाएको थियो भन्ने केही खुल्न आएको छैन ।

इश्वरी र शुभम प्रेम सम्बन्धमा थिए । उनीहरु आगामी महिना इन्गेजेमन्ट र त्यसपछि विवाह गर्ने योजनामा थिए । बिदा मनाउनका लागि दुवै सेप्टेम्बर १५ मा गोवा आएका थिए ।

इश्वरी र शुभमले हालैमात्र मराठी र हिन्दी फिल्मको सुटिङ पुरा गरेका थिए । त्यसपछि उनीहरु गोवा गएका थिए । गोवाबाट फर्किदा उनीहरु यो दुर्घटनामा परेका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १२ : १७ बजे

एमालेको झण्डा जलाएको आरोपमा दाङमा थप दुईजना पक्राउ

काठमाडौं– दाङको तुलसीपुर–५ स्थित वीरेन्द्र चोकमा रहेको नेकपा एमालेको चुनाव

बैतडीमा सवारी दुर्घटना, एक जनाको मृत्यु

बैतडी– बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

टी–२० विश्वकपमा आजदेखि सुपर–८ का खेल हुँदै, न्युजिल्याण्ड र पाकिस्तान भिड्ने

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ का खेल आजदेखि

सर्लाही-४ बलरा नगरपालिकाका पूर्व मेयर अभय सिंह कांग्रेसमा प्रवेश

सर्लाही– सर्लाहीको बलरा नगरपालिकाका पूर्व मेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा

एमाले अध्यक्ष ओली आज झापा जाँदै, यस्तो छ कार्यक्रम

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै