न्यूयोर्क भ्रमणको प्राथमिकतामा एमसीसी छैन : परराष्ट्रमन्त्री (भिडियाेसहित) | Khabarhub Khabarhub

न्यूयोर्क भ्रमणको प्राथमिकतामा एमसीसी छैन : परराष्ट्रमन्त्री (भिडियाेसहित)


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अहिलेको अमेरिका भ्रमणको प्राथमिकतामा नरहेको बताएका छन् । बुधबार कार्यभार सम्हालेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जान लागेको भन्दै एमसीसी प्राथमिकतामा नरहेको बताएका हुन् ।

५०० मिलियन अमेरिकी डलरको अनुदान सहयोग सम्बन्धी एमसीसी सम्झौताका विषयमा नेपालमा पक्ष र विपक्षमा बसह भइरहेको छ । नेपालमा यो विषयमा बहस भइरँदा अघिल्लो हप्तामात्र एमसीसीका उपाध्यक्ष फतिमा सुमारले नेपालको भ्रमण गरेकी थिइन् ।

परराष्ट्रमन्त्री खड्का  बुधबारै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्दैछन् । महासभाका क्रमममा साइडलाइन वार्ताका लागि मन्त्री आवश्यक रहेपछि प्रधानमन्त्री देउवाले उनलाई बुधबारमात्र मन्त्री नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । बुधबारै शपथ ग्रहणपछि डा. खड्काले कार्यभार सम्हाले । उनले न्यूयोर्कमा रहँदा नेपालको कूटनीति विषय उठाउने बताए ।

उनले परराष्ट्र नीति राष्ट्रिय हितको विषय भएकाले सबै दलको सहमति समेतलाई ध्यान दिएर, सबै नेताहरुसँग परामर्श र सहमतिका साथ अघि बढाइने बताए ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  २ : ५७ बजे

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला