‘सेक्स एण्ड द सिटी’ अभिनेता विलीको निधन « Khabarhub

‘सेक्स एण्ड द सिटी’ अभिनेता विलीको निधन


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(आइएएनएस)– लोकप्रिय सिरिज ‘सेक्स एण्ड द सिटी’ अभिनेता विली गार्सनको ६७ वर्षको उमेरमा निधन भएको छ । उनी ‘सेक्स एण्ड द सिटी’ मा स्नेटफोर्ड ब्लेच र ‘ह्वाइट कलर’मा मोजीको भूमिकाका लागि चिनिएका थिए ।

गार्सनका परिवारका एक सदस्यले उनको मृत्युको पुष्टि गरेका छन् । तर उनको के कारणले मृत्यु भएको हो भन्ने खुल्न सकेको छैन ।

उनले फ्रेञ्चाइजी फिल्म ‘सेक्स एण्ड द सिटी’ र ‘सेक्स एण्ड द सिटी २’मा अभिनय गरेका थिए । हालैमात्र उनी ‘एण्ड जस्ट लाइक द्याट’को रिमेक भर्सनको छायांकन गरिरहेका थिए ।

‘सेक्स एण्ड द सिटी’ र ‘जस्ट लाइक द्याट’का कार्यकारी निर्माता माइकल पेट्रिक किंगले एक विज्ञप्ती जारी गर्दै ‘सेक्स एण्ड द सिटी’ परिवारले आफ्नो एक सदस्य गुमाएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ३ : २३ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण