राष्ट्रपतिद्वारा पत्रकार पुरस्कृत « Khabarhub

राष्ट्रपतिद्वारा पत्रकार पुरस्कृत


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने पत्रकारलाई विभिन्न विधाका पुरस्कार प्रदान गरेकी छिन् ।

प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्वसका अवसरमा आयोजित कार्यक्रममा उनले वरिष्ठ पत्रकार भारतदत्त कोइरालालाई ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ प्रदान गरे । पत्रकारित क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत काउन्सिलले उनीहरुलाई रु एक लाख ५१ हजार राशिको उक्त पुरस्कार प्रदान गरेको हो ।

सो अवसरमा वरिष्ठ पत्रकार बद्रीविनोद खनाल (प्रतिक)लाई रु एक लाख १० हजार राशिको ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ प्रदान गरियो ।

‘प्रेस काउन्सिल आचारसंहिता पत्रकारिता पुरस्कार’ हिमालय टाइम्स दैनिक (उज्ज्वल शर्मा)लाई तथा ‘प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार’ विमल गौतम र दुर्गालाल केसीलाई प्रदान गरिएको छ । ती पुरस्कार क्रमश : रु ५० हजार र २० हजार राशिका हुन् ।

‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार’ लोकबहादुर चौधरी (लक्की), ‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’ वासुदेव शर्मा, माधव नेपाल, विन्दुकान्त घिमिरे, गोविन्दप्रसाद चौलागाईं, रामानन्द गुप्ता, सुशील अर्याल र रमेश ढुङ्गेललाई प्रदान गरियो । उgLहरुलाई जनही रु २० हजार नगद राशिसहित पुरस्कार प्रदान गरिएको हो ।

‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’ घनश्याम खड्का, उर्वशी बस्नेत न्यौपाने, एलपी देवकोटा, जीवन सेजुवाल, मेघराज खड्का, कृष्णचन्द्र लामिछाने, देवेन्द्र बस्नेत, देवचन्द्र भट्ट, चूडामणि लिम्बू, चन्द्रकला क्षेत्री (भगवती थापा), शिवकुमार रिजाल, रमेश खतिवडा, जगन्नाथ दुलाल र तीर्थ जैसीलाई प्रदान गरियो । उक्त पुरस्कार जनही रु १५ हजार नगद राशिसहितको हो ।

समारोहमा ‘प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार’ पुरुषोत्तम खनाललाई तथा ‘प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार’ जमुना वर्षा शर्मा, रुपा गहतराज र अञ्जु कार्कीलाई प्रदान गरियो । ती पुरस्कार जनही रु १५ हजार राशिसहितका हुन् ।

‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार’ रोहित राई, अनन्त अनुराग महतो र करन ताम्राकार गरियो । पुरस्कारका साथ उनीहरुलाई जनही रु १५ हजार नगद प्रदान गरियो ।

कार्यक्रममा ‘प्रेस काउन्सिल वर्ष कर्मचारी पुरस्कार’ महेन्द्रराज सिंह र कुशल अर्याल तथा ‘प्रेस काउन्सिल कर्मचारी प्रोत्साहन पुरस्कार’ मदनकृष्ण सिलवाल र राजन सिंहलाई प्रदान गरियो । समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुष्ठ अर्याल र काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलगायत सहभागी थिए ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १० : ०१ बजे

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका