सडक मर्मत नगरे अग्रिम टिकट बुकिङ नखुलाउने यातायात व्यवसायीको चेतावनी « Khabarhub

सडक मर्मत नगरे अग्रिम टिकट बुकिङ नखुलाउने यातायात व्यवसायीको चेतावनी


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वर्षाका कारण अवरुद्ध भएका सडक र जीर्ण सडकलाई तत्काल मर्मत गर्न यातायात व्यवसायीले माग गरेका छन् । सडकहरु मर्मत नगरे दशैंका लागि अग्रिम टिकट बुकिङ नखुलाउने उनीहरुले चेतवानीसमेत दिएका दिएका छन् ।

बुधवार व्यवसायीहरुले सरोकारवाला पक्षसँग छलफल गर्दै सडक मर्मत गर्न अनुरोध गर्दै विश्वासिलो वातावरण सिर्जना गराउन माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै अहिले भइरहेको सडकमा दशैंका लागि यात्रु बोकेर सवारीसाधनलाई आवतजावत गर्न समस्या हुने जनाएको छ । ‘वर्षातका कारण ग्रामीण सडक जीर्ण छ कतिपय राजमार्गहरु एकतर्फी सञ्चालनमा छन् कति अवरुद्ध छन्’ महासंघका महासचिव सरोज सिटौला भन्छन्, ‘सडक मर्मतको विश्वासिलो वातावरण बन्नु पर्‍यो अनि मात्र अग्रिम टिकट बुकिङ खुल्छ ।’

नागढुंगादेखि नौबिसेसम्मको सडकखण्डको सुरुङमार्ग निर्माण स्थल नजिकैको पहिरोका कारण देनिक सडक अवरुद्ध भइरहेको, पृथ्वीनारायणमार्गका विभिन्न स्थानहरु मुग्लिन नारायणगढ लगायतका सडकखण्ड एकतर्फी सञ्चालन भइरहेका सडकलाइ दुइतर्फी सञ्चालन गर्न यवसायीहरुले सरकारलाइ ध्यानाकर्षण गराएका हुन् ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ५ : ५१ बजे

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका