सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन | Khabarhub Khabarhub

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार राति बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको हो ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा सबै विषयमा छलफल भए पनि टुंगोमा नपुगेको बताए ।

‘छलफल उही हो, कसरी सरकार र गठबन्धनलाई अघि बढाउन सकिन्छ भन्नेमै केन्द्रित भयो,’ उनले भने, ‘तर ठोस सहमति केही पनि भएन ।’

महामन्त्री खड्काका अनुसार संसद् सञ्चालन र सरकारले पेस गर्न लागेको विधेयकका विषयमा भने आंशिक रुपमा सहमति जुटेको छ ।

यसअघि मंगलबार बसेको बैठकले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो । सोही सहमति अनुसार बुधबार खड्का परराष्ट्रमन्त्री नियुक्त भएका छन् ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु सहभागी भएका थिए।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ९ : १० बजे

बजेट अभावमा सगरमाथा आन्तरिक विमानस्थल अलपत्र

काठमाडौं – उदयपुरको प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल बजेट अभावका कारण

युक्रेनी एजेन्सीले लियो मस्कोमा रुसी जनरलको हत्याको जिम्मा

मस्को- रूसको राजधानी मस्कोमा भएको एक बम विस्फोटमा रूसी सेनाका

ग्रीसमा डुङ्गा दुर्घटना, चार जना पाकिस्तानीको मृत्यु

एजेन्सी – दक्षिणी ग्रीसको क्रेट टापुमा शनिबार भएको डुंगा पल्टिँदा

एकीकृत समाजवादीले आगामी निर्वाचनहरू एक्लै लड्ने

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले आगामी दिनमा

शोभा पाठकलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं- नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतलाई यौन शोषण