प्रेम चोपडा देख्दा श्रीमति लुकाउथे सर्वसाधारण « Khabarhub

प्रेम चोपडा देख्दा श्रीमति लुकाउथे सर्वसाधारण


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउडको खतरनाक भिलेनमा अभिनेता प्रेम चोपडा गनिन्छन् । उनलाई वास्तविक जीवनमा पनि धेरै दर्शकले भिलेन नै सम्झिए । उनले एक अन्तरवार्तामा आफूलाई बाहिरी जीवनमा देख्दा धेरैले आफ्नो श्रीमति लुकाउने गरेको खुलासा गरेका थिए ।

‘हो । मानिसहरु मलाई देख्नासाथ आफ्नो श्रीमति लुकाउथे । म उनीहरुसँग गएर कुराकानी गर्न चाहन्थें । तर उनीहरुले मलाई पर्दाको भिलेनकै रुपमा हेर्थे । मानिसहरु मलाई असल खुंखार भिलेन सम्झन्थे । यसलाई म इज्जतका रुपमा लिन्थें । म आफ्नो काम राम्रो गरिरहेको छु भनेर बुझ्थें’, प्रेमले भनेका छन् ।

प्रेम ६ दाजुभाई तथा दिदीबहिनीमा तेस्रो नम्बरका हुन् । लाहोरमा जन्मिएका प्रेम परिवार विभाजनपछि शिमला, हिमाञ्चल प्रदेशमा पुगे । जहाँ उनी हुर्किए बढे । उनले शिमलाबाटै शिक्षादिक्षा लिए ।

प्रेमले पञ्जाब युनिभर्सिटीबाट ग्राजुएसन गरे । जहाँ उनी नाटकमा सहभागी हुन्थे । प्रेमका पिता उनलाई डाक्टर बनाउन चाहन्थे । तर उनी ग्राजुएसन पुरा गरेपछि मुम्बई आएर बलिउडमा पाइला चाले ।

यहीबीचमा क्यान्सरका कारण उनको आमाको निधन भए । जुन समयमा उनकी बहिनी अञ्जु नौ वर्षकी थिइन् । अञ्जुको जिम्मेवारी प्रेम, उनका अन्य चार भाई र पितामाथि थियो । प्रेमले अञ्जुलाई आफ्नो पहिलो छोरी मानेर उनको पालनपोषण गरे ।

प्रेमको विवाह राज कपूरकी साली उमासँग भएको थियो । निदेशक लेख टण्डन प्रेममाझ विवाहको प्रस्ताव लिएर गएका थिए । प्रेमको रकिता, पुनीता र प्रेरणा गरी तीन छोरी छन् ।

प्रेमले आफ्नो करियरमा ‘शहीद’, ‘बोबी’, ‘बेताब’, ‘गुप्त’ र ‘कोई मिल गया’ सहित करिब ३ सय ८० फिल्ममा अभिनय गरेका छन् ।

 

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  १२ : ५९ बजे

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको