प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक काठमाडौँमा शुरु (फोटोफिचर) « Khabarhub

प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक काठमाडौँमा शुरु (फोटोफिचर)


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाको ‘प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’ बिहीबारदेखि शुरु भएको छ ।

काठमाडौंको भद्रकालीस्थीत जङ्गी अड्डामा आयोजना गरिएको बैठकको प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले सेनाद्वारा भईरहेका विकास निर्माणका कार्यलगायत सेनाले सञ्चालन गर्न योजना गरेका दीर्घकालीन महत्वका कार्यहरुमा स्रोतको सुनिश्चितता गर्न सरकारको हरसम्भव प्रयास रहने बताए ।

त्यस्तै प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न र सरकारका विधिसम्मत आदेशहरु अक्षरसः पालना गर्न कटिबद्ध रहेको बताएका थिए ।

कार्यक्रममा नेपाली सेना र रक्षा मन्त्रालयको तर्फबाट प्रधानसेनापति र रक्षा मन्त्रालयका सचिवबीच कार्य सम्पादन सम्झौता समेत भएको थियो । बैठकमा महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरु तथा कमाण्ड सेनापतिहरुले वर्तमान वस्तुस्थिति, कार्य समिक्षा प्रस्तुत गर्ने सेनाले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  १० : ०५ बजे

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका