जनप्रतिनिधिलाई जानकारी नै छैन दिगो विकासका लक्ष्य « Khabarhub

जनप्रतिनिधिलाई जानकारी नै छैन दिगो विकासका लक्ष्य


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दिगो विकास लक्ष्य सुरु भएको ६ वर्ष हुन लाग्दा पनि जनप्रतिनिधिको तहमै जानकारी नभएका कारण कार्यान्वयनमा चुनौती देखिएको बिज्ञहरुले जनाएका छन् ।

शुक्रबार महिला, कानून र विकास मञ्चले काठमाडौँमा आयोजना गरेको दिगो विकास लक्ष्य कार्यान्वयनका बिषयमा गरेको छलफलका क्रममा उनीहरुले दिगो विकास लक्ष्यका विषयमाा राजनीतिक अपनत्व र प्रतिबद्धता नहुँदा पनि कार्यान्वयनमा समस्या भएको समेत बताएका हुन् ।

कार्यक्रममा दिगो विकास लक्ष्य राष्ट्रिय सञ्जाल नेपालका संयोजक दयासागर श्रेष्ठले जनप्रतिनिधिलाई जानकारी नहुँदा तहगत रुपमा समन्वय र योजना छनोट हुन नसकेको टिप्पणी गरे । दिगो विकास लक्ष्यका १७ वटा लक्ष्यमध्ये शान्ति स्थापना, समावेशी र सामाजिक लगायतका केही लक्ष्यको प्रगति निराशाजनक रहेको संयोजक श्रेष्ठले बताए ।

दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्ममा गरिबीलाई पाँच प्रतिशतमा झार्ने उल्लेख छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि वार्षिक रु ६ खर्ब थप बजेट आवश्यक पर्ने समेत बिज्ञहरुले बताएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ३ : ४१ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले