जनप्रतिनिधिलाई जानकारी नै छैन दिगो विकासका लक्ष्य « Khabarhub

जनप्रतिनिधिलाई जानकारी नै छैन दिगो विकासका लक्ष्य


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दिगो विकास लक्ष्य सुरु भएको ६ वर्ष हुन लाग्दा पनि जनप्रतिनिधिको तहमै जानकारी नभएका कारण कार्यान्वयनमा चुनौती देखिएको बिज्ञहरुले जनाएका छन् ।

शुक्रबार महिला, कानून र विकास मञ्चले काठमाडौँमा आयोजना गरेको दिगो विकास लक्ष्य कार्यान्वयनका बिषयमा गरेको छलफलका क्रममा उनीहरुले दिगो विकास लक्ष्यका विषयमाा राजनीतिक अपनत्व र प्रतिबद्धता नहुँदा पनि कार्यान्वयनमा समस्या भएको समेत बताएका हुन् ।

कार्यक्रममा दिगो विकास लक्ष्य राष्ट्रिय सञ्जाल नेपालका संयोजक दयासागर श्रेष्ठले जनप्रतिनिधिलाई जानकारी नहुँदा तहगत रुपमा समन्वय र योजना छनोट हुन नसकेको टिप्पणी गरे । दिगो विकास लक्ष्यका १७ वटा लक्ष्यमध्ये शान्ति स्थापना, समावेशी र सामाजिक लगायतका केही लक्ष्यको प्रगति निराशाजनक रहेको संयोजक श्रेष्ठले बताए ।

दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्ममा गरिबीलाई पाँच प्रतिशतमा झार्ने उल्लेख छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि वार्षिक रु ६ खर्ब थप बजेट आवश्यक पर्ने समेत बिज्ञहरुले बताएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ३ : ४१ बजे

टी–२० विश्वकप : न्युजिल्यान्डको फराकिलो जित, श्रीलंका बाहिरियो

कोलोम्बो – घरेलु मैदानको साथ र समर्थकको उत्साह हुँदाहुँदै पनि

झापामा ठगी आरोपमा भारतीय नागरिकसहित सातजना पक्राउ

झापा- पैसाको नक्कली बन्डल देखाई नेपाल र भारतका नागरिकलाई ठगी

निर्वाचन सुरक्षाको प्रबन्ध मिलाउन सरकारलाई निर्वाचन आयोगले पठायो पत्र

काठमाडौं- निर्वाचन आयोगले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य

निर्वाचन : चुस्त सुरक्षा व्यवस्थापन र सुदृढीकरणमा जोड

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा चुस्त सुरक्षा

बैतडीमा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, एमालेका दुई जना घाइते

काठमाडौँ– बैतडीमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच