केम्पो खुकुरी मार्शलआर्ट्समा बागमती च्याम्पियन « Khabarhub

केम्पो खुकुरी मार्शलआर्ट्समा बागमती च्याम्पियन


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बागमती प्रदेशले प्रथम राष्ट्रिय केन्पो खुकुरी मार्शलआर्ट्स च्याम्पियनसिपको उपाधि जितेको छ । ७ स्वर्णसहित बागमती समग्रमा टिम च्याम्पियन बन्यो ।

नेपाल केन्पो खुकुरी मार्शलआर्ट्स संघद्वारा आयोजित प्रतियोगितामा ६ स्वर्णसाथ सुदूरपश्चिम प्रदेश दोस्रो भयो । तेस्रो स्थानको कर्णाली प्रदेशले ३ स्वर्ण हात पार्‍यो । लुम्बिनी प्रदेश र प्रदेश २ ले समान १–१ स्वर्ण जिते ।

प्रतियोगिता अन्तर्गत फुल केन्पोको पुरुष ४५–४९ केजीमा प्रदेश २ का विशाल कुसुवार तथा ५०–५४ केजीमा बागमतीका हिमाल बलले स्वर्ण जिते ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको सेमी केन्पोतर्फ महिला ५०–५४ केजीमा कर्णालीकी निरुता कोइराला तथा ५५–५९ केजीमा बागमतीकी शीतल बोहरा पहिलो भए ।

समूहगत काताको पुरुषमा सुदूरपश्चिम पहिलो, कर्णाली दोस्रो तथा लुम्बिनी र प्रदेश २ तेस्रो भए । सोही स्पर्धाको महिलामा बागमतीले स्वर्ण, लुम्बिनीले रजत तथा कर्णाली र प्रदेश २ ले कांस्य हात पारे ।

प्रतियोगिता सञ्चालका लागि मुख्य जज सन्जितकुमार राईको नेतृत्वमा जज सिद्धार्थ लामा, जज उद्धव थापा मगर, जज रमेश महर्जनलगायत १५ सदस्यीय प्राविधिक टोली परिचालन गरिएको थियो ।

विजेतालाई आयोजक संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा प्रदेश १ बाहेक विभिन्न ६ प्रदेशका १ सय खेलाडीले २० स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ९ : १० बजे

रसुवा बाढी: २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

काठमाडौँ – रसुवामा आएको विनाशकारी बाढीका कारण इलाका प्रहरी कार्यालय

बाढीको कारण : हिउँ–चट्टानको हिमपहिरो

काठमाडौँ– रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

चितवन– चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा