एमालेमा ७० वर्षे उमेर हद कायम रहने, पदाधिकारी बढाइने ! « Khabarhub

एमालेमा ७० वर्षे उमेर हद कायम रहने, पदाधिकारी बढाइने !


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेमा ७० वर्षे उमेर हद कायम रहने भएको छ । यही असोज १५–१७ सम्म काठमाडौँमा हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधनको मस्यौदामाथि केन्द्रीय कमिटीमा भएको छलफलमा उमेर हद कायम राख्नुपर्ने सुझाब आएको छ । सो महाधिवेशनले उमेर हदबारे निर्णय नगरे यसअघिकै व्यवस्था अनुसार उमेर हद कायम रहने भएको हो ।

उमेर हदले हाल एमालेको शीर्ष तहमा रहेका धेरै नेतालाई पार्टीको ११ औँ महाधिवेशनपछि कार्यकारी पदमा रहन प्रतिबन्ध लगाउने छ । एमालेको विधानमा ७० वर्षमाथि उमेरका नेता कार्यकारी पदमा बस्न नपाइने व्यवस्था छ ।

उपमहासचिब विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमाथि सुझवा दिएका १० वटै समूहका नेताहरुले उमेर हद कायम राख्ने सुझाब दिएको पार्टी सचिब तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । शनिबार शुरु भएको बैठक शनिबार सकिने भनिए पनि बैठकमा प्रस्तुत तीनवटा प्रस्तावमा १० वटै समूहबाट व्यापक परिवर्तनको सुझाब आएपछि आइतबार पनि बैठक बस्ने भएको छ ।

शनिबारको बैठकमा उमेर हद कायम राख्ने, पदाधिकारी बढाउने, कार्यकारी पदमा दुईपटकभन्दा धेरै बस्न नपाइने लगायतका सुझाब आएको भट्टराईले जानकारी दिए । उनले भने, ‘प्रादेशिक संरचनामा देश भएकाले सोही अनुसार पदाधिकारी पनि राख्नुपर्छ भन्ने सुझाब आएको छ ।’

आइतबार अध्यक्ष केपी शर्मा ओली र सुझाव पेश गर्न बनाइएका १० वटै समूहका समूह नेताबीच छलफल गरेर महाधिवेशनमा पेश गरिने प्रतिवेदनलाई अन्तिम रुप दिइने भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ७ : ०१ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा