कतारले परिवर्तन गर्‍यो यात्रा नीति, पर्यटकले दुई दिन क्वारेन्टाइन बस्न पर्ने « Khabarhub

कतारले परिवर्तन गर्‍यो यात्रा नीति, पर्यटकले दुई दिन क्वारेन्टाइन बस्न पर्ने


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारले यात्रा नीतिलाई परिवर्तन गरेको छ । कतारले खोप लगाएका विदेशी पर्यटकले अनिवार्य दुई दिन होटल क्वारेन्टाइन बस्नुपर्ने नियम बनाएको छ ।

यसअघि खोप लगाएकाले १० दिने होटल क्वारेन्टाइन बस्नु पर्ने समयावधि घटाइएको हो । यद्यपि होटल छाड्नअघि पीसीआर परीक्षण रिपोर्ट अनिवार्य पेस गर्नु पर्ने भएको छ । रिपोर्टमा नेगेटिभ देखिएको तथा एण्टिबडी टेस्टमा पोजिटिभ देखिए मात्रै निर्वाध हिँडडुल गर्न दिइने हामद मेडिकल कर्पोरेशनले जनाएको छ ।

नयाँ नियम कतार बाहिरबाट यहाँको स्वास्थ्य मन्त्रालयले अनुमोदन गरेको खोपहरू लगाएका आफ्ना नागरिकमा पनि लागु हुने कर्पोरेशनले जनाएको छ ।

कतारले नेपालसहित बंगलादेश, भारत, पाकिस्तान, फिलिपिन्स र श्रीलंकालाई उच्च जोखिम भएका देशहरूको रूपमा वर्गीकृत गरेको छ ।

कतारको यो नयाँ यात्रा नीतिसंगै अब नेपालमा खोप पूर्ण डोज खोप लगाएका र यहाँको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको खोप लगाएका नेपालीले कतार प्रवेश गर्दा १० दिने होटल क्वारेन्टाइन बस्नुपर्ने बाध्यता हटेको छ । तर,नयाँ नीति कहिलेदेखि लागू हुने केही उल्लेख गरिएको छैन ।

 

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ८ : ४० बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले