प्रदेश १ मा ३०२ कोरोना सङ्क्रमित थपिए « Khabarhub

प्रदेश १ मा ३०२ कोरोना सङ्क्रमित थपिए


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३०२ कोरोना सङ्क्रमित थपिएका छन् ।

सो अवधिमा एक हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा १८५ जना तथा ५०१ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

परीक्षणका क्रममा झापामा ७९, मोरङमा ४६, सुनसरीमा ४०, इलाममा ६, पाँचथर र धनकुटामा तीन/तीन, उदयपुरमा दुई तथा ओखलढुङ्गा, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, भोजपुर र खोटाङमा एक/एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशभर ३०७ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । दुई महिलासहित पाँच जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ८ : १५ बजे

स्वास्थ्य बीमा सेवा कटौती गर्ने बोर्डको निर्णय

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्थामार्फत प्रदान हुँदै

हिमाली वातावरणको संरक्षण आजको आवश्यकता हो : राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण

प्रतिनिधि सभाको बैठकमा चलचित्र विधेयक पेश गर्दै सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले बुधबारको प्रतिनिधि

जलजलामा हिमाल र बादलको लुकामारी

म्याग्दी – पहाडको उच्च स्थानमा फैलिएको समथर घाँसेमैदान, हरियाली पहाडको

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको