बिचौलिया कार्यालयबाट धपाउँदै प्रहरी « Khabarhub

बिचौलिया कार्यालयबाट धपाउँदै प्रहरी


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा – जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले प्रहरी कार्यालयमा सम्बन्धित व्यक्तिको कामका लागि आवश्यक व्यक्तिबाहेक बिचौलियाका रूपमा आउनेलाई जोकसैलाई पनि कार्यालयबाट बाहिर धपाउने अभियान चलाउँदै आएका छन्।

सर्वसाधारण र प्रहरीबीचको सम्बन्धलाई थप सुमधुर पार्ने र सामान्य व्यक्तिसमेत आफ्नो आवश्यकताअनुसार कामको सिलसिलामा प्रहरी कार्यालयसम्म स्वयं पुग्न सकोस् भन्ने उद्देश्यले प्रहरी उपरीक्षक पाण्डेले बिचौलिया धपाउने अभियान चलाउँदै आएका हुन् । सम्बन्धित व्यक्ति सो कार्यमा आवश्यक अन्य व्यक्तिबाहेक कार्यालयमा आउने अन्य बिचौलियाका रूपमा सक्रिय जो कसैलाई पनि प्रहरी उपरीक्षक पाण्डेले सकभर कार्यालय प्रवेशमा समेत रोक लगाउँदै आएका छन्।

सम्बन्धित व्यक्ति र सो काममा आवश्यक व्यक्तिबाहेक विभिन्न बहानामा पीडित पक्षसँग आफू प्रहरी कार्यालय पुगी काम गराइदिन्छु भन्ने खालाका बिचौलिया प्रवृत्तिका व्यक्तिलाई निरुत्साहित पार्दै आएको प्रहरी उपरीक्षक पाण्डेलले बताए । ‘विभिन्न कार्यको सिलसिलामा प्रहरी कार्यालय आउने सर्वसाधारणलाई सकभर प्रहरीले पारदर्शीरूपमा काम गर्छ चिनजान साथै दबाब तथा प्रभावका आधारमा हुँदैन, कानुनबमोजिम न्याय पाइन्छ भन्ने आम नागरिकलाई विश्वास दिलाउन सकभर बिचौलियालाई प्रोत्साहन दिएको छैन’, उनले भने ।

प्रहरी उपरीक्षक पाण्डेले आफू मात्र होइन जिल्ला प्रहरी कार्यालय पर्सामातहतका सबै प्रहरी युनिटमा सकभर जनताको काम बिचौलियाको भरमा नभई कानुनका आधारमा सामान्यभन्दा सामान्य व्यक्तिले सोझै प्रहरीको सेवा लिन सकुन् भन्ने उद्देश्यले निर्देशन दिएको बताए ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ८ : २० बजे

तीन जिल्लामा साढे दुई करोड नगद सहयोग

काठमाडौं– सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपैयाँ

बाढी प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनामा एनसेल फाउन्डेसनको १ करोड सहयोग

काठमाडौं– बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत

फोटो बोकेर शवको पर्खाइमा आफन्त (तस्बिरहरू)

काठमाडौं– भरतपुरका ठाकुरप्रसाद कँडेल र लिलावती सापकोटा बिहीबार बिहानैदेखि भरतपुर

रसुवा बाढी पीडितलाई प्रधानमन्त्री राहत कोषमा सहयोग गर्दै सेलिब्रिटी

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीबाट पीडितलाई राहत वितरण

चितवनमा त्रिशूली–नारायणीमा बगेका शवको खोजी, पहिचान र व्यवस्थापनको तयारी

नारायणगढ– त्रिशूली तथा नारायणी नदीमा बगेर आएका शवको खोजी, पहिचान