इडिभी भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने तीन जना पक्राउ « Khabarhub

इडिभी भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने तीन जना पक्राउ


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इडिभी २०२१ मा नाम निकाली अमेरिका जानका लागि भिसा प्रक्रियामा सहभागी केही व्यक्तिले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने गरेको पाइएको छ ।

डिभी परेर अमेरिका जान लाग्दा उनीहरुको शैक्षिक प्रमाणपत्रमाथि शङ्का लागेर अनुसन्धान गर्दा यसरी नक्कली शैक्षिक प्रमाणपत्र फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले यस्ता गतिविधिमा संलग्न तीन जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने चितवनको जुगेडीका ३६ वर्षीय जीवन कार्की, चितवन खैरेनीका ३१ वर्षीय नवीन दराई र काठमाडौँ कोटेश्वर बस्ने रौतहट चन्द्रपुरका ३२ वर्षीय शिव रोक्का रहेका छन् । उनीहरुलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

नेपालस्थित अमेरिकी दूतावासमा इडिभी २०२१ को नतिजामा नाम निकाली भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता बुझाउने क्रममा केही व्यक्तिले प्लस टुको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको भनेर अमेरिकी दूतावासबाट प्राप्त सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा उनीहरुले नक्कली प्रमाणपत्र प्रयोग गरेको पाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

दराई र रोक्कालाई महाशाखा काठमाडौँबाट खटिएको प्रहरी टोलीले महाराजगञ्जबाट पक्राउ गरेको थियो । उनीहरुमाथि थप अनुसन्धान गर्दा दराईसँग काठमाडौँका कार्कीले रु एक लाख ७० हजार लिई उक्त नक्कली शैक्षिक प्रमाणपत्र बनाइदिएको खुल्न आएपछि उनलाई समेत कलङ्कीबाट पक्राउ गरिएको जनाइएको छ । तीनै जनालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ को लिखतसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको महाशाखाले बुधबार एक सूचना जारी गरी जनाएको छ ।

यसअघि भदौ १८ मा पनि महाशाखाले यसैगरी नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा छ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा पाल्पाका सुमितरत्न गुभाजू, मोरङका अमरबहादुर कटुवाल, कास्कीका नरेश केसी, नवलपुरका लक्ष्मण पाठक, काभ्रेका दीप विष्ट र काठमाडौँका सोहिली शाही थिए । प्रहरीले उनीहरुको साथबाट नक्कली ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल सर्टिफिकेट, एसएलसीको मार्कसिट, राष्ट्रिय परीक्षा बोर्डको प्रमाणपत्रलगायत बरामद गरेको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ६ : १० बजे

बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री मेहता

सुनसरी – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिपी कोइराला

प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक

हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता

चितवन – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी बढाएको

बङ्गलादेशको निर्यातमा सामान्य कमी

ढाका – सन् २०२५ को जुलाईदेखि सन् २०२६ को जुलाईसम्मको