खाना खाएपछि दाह्रीले हात पुछ्थे अमिताभ ! « Khabarhub

खाना खाएपछि दाह्रीले हात पुछ्थे अमिताभ !


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– अभिनेता अमिताभ बच्चनको शो ‘कौन बनेगा करोडपति १३’को यसपटकको एपिसोड ‘शानदार शुक्रबार’मा बलिउड अभिनेता पंकज त्रिपाठी र प्रतीक गान्धी हिस्सा लिँदैछन् । यो एपिसोडसँग जोडिएको कैयौं भिडियो प्रोमो सार्वजनिक भएका छन् । जसमा अमिताभ यी दुई कलाकारलाई कैयौं प्रश्न र हसीमजाक गरिरहेको देख्न सकिन्छ । यो शोसँग जोडिएको एक नयाँ प्रोमो सार्वजनिक भएको छ ।

प्रोमोमा प्रतीकले अमिताभलाई कैयौं रमाइलो प्रश्न सोधिरहेको देखिएका छन् । उनले केबिसीको हट सिटमा बसेर अमिताभलाई ‘सर केही साधारण प्रश्न तपाईंसँग सोध्न चाहन्छु । जसमा न कुनै धनराशी छ, न लाइफ लाइन नै’ भनिरहेका छन् । यसपछि प्रतीकले अमिताभलाई ‘टेलिभिजनको रिमोट कन्ट्रोल नचल्दा कहिल्यै तपाईंले रिमोटलाई ठोकेर चलाउनुभएको छ ? जुन कपडा पुरानो भएको छ, त्यसलाई झाडु बनाउनुभएको छ ?’ भनी सोधेका छन् ।

प्रतीकले आफ्नो अन्तिम प्रश्नमा अमिताभलाई ‘कहिल्यै खाना खाएर पेटमा हात पुछ्नुभएको छ ? भनी सोधेका छन् । यो प्रश्नमा अमिताभले उत्तिकै रमाइलो उत्तर दिएका छन् । ‘एक समय थियो, जब मैले थोरै दाह्री पालेको थिएँ । त्यो बेला खाना खाएर त्यही दाह्रीले हात पुछ्थे’, अमिताभले भनेका छन् । अमिताभको जवाफ सुनेर पंकज र प्रतीक निकै हाँसेका छन् ।

यो प्रोमो सोनी टेलिभिजन च्यानलको आधिकारिक इन्स्टाग्राम एकाउण्टमा राखिएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ११ : ३२ बजे

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका

निर्वाचनलाई लक्षित गर्दै झापामा शान्ति–सद्भाव कायम गर्ने प्रतिबद्धता

भद्रपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

सोमप्रसादले सुरु गरे चुनावी अभियान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका पाल्पा क्षेत्र नं. २ का उम्मेदवार