कुटनीतिक सम्बन्ध विस्तारमा सफल भएँ : परराष्ट्रमन्त्री खड्का (भिडियो) | Khabarhub Khabarhub

कुटनीतिक सम्बन्ध विस्तारमा सफल भएँ : परराष्ट्रमन्त्री खड्का (भिडियो)


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्रमन्त्री डा. नारायण खड्काले राष्ट्रिय हित र कूटनीतिक सम्बन्ध विस्तारमा आफ्नो अमेरिका भ्रमण सफल भएको बताएका छन् ।

अमेरिकामा भएको संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा सहभागी भइ बिहीबार स्वदेश फर्केलगतै त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले महासभामा कोभिड १९ महामारी, जलवायु परिवर्तन, दीगो विकास लक्ष्यसहितका विषयमा नेपालको स्पष्ट धारणा राखेको जानकारी दिए ।

महासभामा नेपालको प्रतिनिधित्व गर्दै आफूले अल्पविकसित एवं भूपरिवेष्टित देशको रूपमा नेपालको विकासका संरचनात्मक चुनौती अद्वितीय रहेको बताएको उनले बताए ।

‘दीगो विकास लक्ष्य प्राप्तिका लागि सहयोग तथा संयुक्त राष्ट्रसंघसँगको सहकार्यबारे पनि छलफल भएको छ। सो क्रममा नेपाल र अन्यदेशको सम्बन्धका बारेमा पनि कुराकानी गरेको छु, त्यसले हाम्रो कुटनीतिक सम्बन्ध विस्तारमा मद्दत मिलेको विश्वास छ’, खड्काले भने ।

नेपालको परराष्ट्र नीति आपसी समझदारी र अन्तर्राष्ट्रिय परिवेश अनुसार बनाउनुपर्नेमा उनले जोड दिए । खड्का असोज ६ गते परराष्ट्रमन्त्रीको कार्यभार सम्हाले लगत्तै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ११ : ५१ बजे

साझा उत्सवका रूपमा तीज पर्वलाई अंगिकार गर्नुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले तीज पर्वलाई आपसी भाइचाराको

कोशीको आमसञ्चार विधेयकविरुद्ध सडकमा पत्रकार, उल्टो हिँडेर गरे विरोध प्रदर्शन

काठमाडौं– कोशी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको आमसञ्चार सम्बन्धी

‘कोशी प्रदेश स्वास्थ्य नीति’ सार्वजनिक

मोरङ– कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ‘कोशी प्रदेश स्वास्थ्य नीति

करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी–  दुहबी नगरपालिका-८ स्थित विश्वकर्मा ईन्जिनियरिङ्ग वोर्कस वर्कसपमा काम गर्ने क्रममा करेन्ट

तीजको लागि यस्तो छ पशुपति क्षेत्र विकास कोषको तयारी

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले भाद्र १० गते मंगलबार मनाइने