ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द « Khabarhub

ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– रोल्पा जिल्लाका केही विद्यालय सुचारु भएको केही दिनभित्रै पुनः बन्द भएका छन् जिल्लाको पूर्वी भेगमा रहेको सुनछहरी गाउँपालिकामा विद्यालय सञ्चालन भएको केही दिनमै विद्यार्थी शिक्षकमा भारल ज्वरो आएपछि विद्यालय बन्द भएको हो । सुनछहरी–६ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा भाइरल ज्वरो बढेपछि विद्यालय बन्द गर्नुपरेको विद्यालयका प्रधानाध्यापक धनबहादुर पुनले जानकारी दिए ।

विद्यालयमा अध्ययनरत ६० प्रतिशत भन्दा बढी विद्यार्थी र शिक्षक एक्कासि बिरामी परेपछि विद्यालय बन्द गर्नुपरेको उनले बताए । विद्यार्थी तथा शिक्षकमा ज्वरो आउने, हुने, घाँटी दुख्ने, टाउको तथा शरीर दुख्ने ,बान्ता हुने, खोकी लाग्ने र कमजोरी महसुस हुने लगायतका लक्षण देखिएको बताइएको छ । शिक्षक जसवीर पुन भाइरल ज्वरोका विरामी बढेपछिे विद्यालय बन्द गरिएको जानकारी दिए ।

स्वास्थ्य चौकी फगामका प्रमुख रञ्जीतकुमार यादवले भाइरल ज्वरो सरुवा र मौसमी भएकाले यसबाट सुरक्षित रहन सबैलाई अनुरोध गरे । मन तातोपानी खान, बासी तथा चिसो पदार्थ सेवन नगर्न, चिसोबाट बच्न, अदुवा, बेसार, टिमुर र नून पानीखाने तथा तातोपानीको बाफ लिने जस्ता घरायसी उपचार गर्न उनले सुझाव दिए ।

लकडाउनका समयमा सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरणको लागि अनलाइन कक्षा सञ्चालन गर्न सकिने निर्देशन गरे पनि सरकारी विद्यालयको आवश्यक पूर्वाधार , भौगोलिक विकटता तथा निम्न वर्गिय पृष्ठभूमि भएकाले अनलाइन कक्षाको पहुँचमा रहन नसकेको स्थानीयवासी चित्रवियोग झाँक्री मगरले बताए ।

अहिले शैक्षिक सत्र सुरु भएको झण्डै ५÷६ महिनापछि मात्र विद्यालय सञ्चालन भएकोमा फेरि बन्द गर्ने बाध्यता सो विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हिमलाल पुनले जानकारीदिनुभयोे । वातावरण सहज भएपछि विद्यार्थीको शैक्षिकस्तरलाई उकास्न प्रयत्न गर्ने उनको भनाइ छ । रासस

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  १२ : ४८ बजे

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिक : नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौं– नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री रूपान्तरणलाई

विभिन्न एघार स्थानमा आगलागी, विपद्जन्य घटनामा एकै दिन ७७ लाखको आर्थिक क्षति

काठमाडौं– पछिल्लो २४ घण्टामा विभिन्न ११ स्थानमा आगलागी हुँदा एक

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन

महेन्द्रनगर– खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको

नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा

अर्थमन्त्रीको जवाफ- नीति तथा कार्यक्रम अनुसार नै बजेट आउँछ 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार