काठमाडौँमा सभा जुलुस गर्न रोक « Khabarhub

काठमाडौँमा सभा जुलुस गर्न रोक


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा बिहीबारदेखि सभा जुलुस गर्न रोक लगाइएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बिहीबार एक आदेश जारी गर्दै अर्को आदेश नभएसम्मका लागि सभा जुलुस गर्न प्रतिबन्ध लगाएका छन् ।

कोरोना महामारीको जोखिम यथावत रहेको भन्दै बढी भीडभाड हुने कार्यक्रमहरु आयोजना गर्न रोक लगाइएको हो । चाडपर्व तथा कोरोना महामारीलाई ध्यानमा राखेर आदेश जारी गरिएको छ । चाडपर्व मनाउँदा पनि आफ्नै परिवारभित्रमात्र बनाउन आग्रह गरिएको छ । होटल, पार्टी प्यालेसलगायतले पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने आदेशमा उल्लेख छ ।

यस्तै सार्वजनिक यातायातको टिकट काट्दा आधिकारिक काउण्टरबाटमात्र काट्न यात्रुहरुलाई आग्रह गरिएको छ । बसमा यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, चालक, सहचालकले मास्क, भाइजर र ग्लोभ्स लगाउनुपर्ने तथा बसको ढोकामा अनिवार्य स्यानिटाइजर राख्नुपर्ने आदेशमा उल्लेख छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  १ : ०२ बजे

निर्वाचन गराउन आयोग सबै हिसाबले तयार छः प्रमुख आयुक्त भण्डारी

काठमाडौं – निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

साताको कार्टुन – कांग्रेसमा पूर्णबहादुरको तौल !

काठमाडौं – भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपाली कांग्रेस

कहाँ चुक्यो कर्णाली याक्स ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन १ मा चौथो

तिला जलविद्युतको बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला – जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र