सरकारले हाम्रा मागबारे एमालेसँगमात्र छलफल गर्नुपर्छ : विशाल भट्टराई « Khabarhub

सरकारले हाम्रा मागबारे एमालेसँगमात्र छलफल गर्नुपर्छ : विशाल भट्टराई


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्ना मागका बारेमा सरकारले एमालेलाई मात्र छलफलमा बोलाउनुपर्ने बताएका छन् ।

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा भट्टराईले आफूहरुको उठान गरेका मुद्दामा सत्तापक्ष वा सभामुखले समाधानमुखी प्रयासका लागि एमालेसँगमात्र सिधै छलफल गर्नुपर्ने टिप्पणी गरे ।

अरु दलसँग बसेर छलफल गर्न आवश्यक नरहेको र एमालेलाई मात्र बोलाए छलफलमा सहभागी हुने उनको भनाइ छ । एमाले संवादमा बिश्वास गर्ने भएकाले शान्तिपूर्ण समाधानका लागि छलफल गर्न तयार रहेको उनले बताए । एमालेको एजेण्डामा गर्ने गरी सरकार र सभामुखले छलफल नै नगरेको भट्टराईको तर्क छ ।

उनले आफ्ना सांसदको कारवाहीका बिषयमा सभामुखसँग आपत्ति रहेको र पार्टी फुटाउन संसद् छलेर अध्यादेश ल्याउने र फिर्ता गर्ने बिषयमा सरकारसँग आपत्ति रहेको बताए ।

 

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ३ : ३२ बजे

भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छाड्न आग्रह

काठमाडौं- भोटेकोशी नदीमा अर्को ठूलो सम्भावित बाढीको जोखिम बढेपछि तल्लो

कार्टुन : लाशमाथि डलर खेती !

काठमाडौं– बुधबार रसुवागढीस्थित भोटेकोसीमा आएको भीषण बाढीपछि देश यतिबेला शोकमग्न

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रुअरीले जम्मा गर्यो १० करोड

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रअरीले १० करोड

विमानस्थल बाहिर आफन्तको आश

काठमाडौं– रसुवा बाढीमा अलपत्र परेका तथा घाइते भएकाहरूलाई नेपाली सेना