एमाले विधान महाधिवेशन :  प्रतिनिधिले बेलुकाको खाना आफै व्यवस्था गर्नुपर्ने « Khabarhub

एमाले विधान महाधिवेशन :  प्रतिनिधिले बेलुकाको खाना आफै व्यवस्था गर्नुपर्ने


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शुक्रबारदेखि ललितपुरको गोदावरीमा हुने नेकपा एमालेको विधान महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै महाधिवेशनको तयारी पूरा भएको जानकारी दिइएको छ ।

स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले शुक्रबार सवा १२ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए । महाधिवेशन व्यवस्थापन समितिका संयोजक थापाले पदाधिकारी एवं स्थायी कमिटी सदस्यहरु मञ्चमा बस्ने उल्लेख गर्दै मुल हलमा ३ हजार प्रतिनिधि रहने जानकारी दिए ।

दायाँ बायाँको हलमा एकएक हजार प्रतिनिधि बस्नेछन् भने दुवै हलको प्यासेजको माथिल्लो खाली भागमा टेन्ट टाँगेर एकएक हजार क्षमताका हल बनाइएको छ । सबै गरेर ७ हजार मानिसका लागि बस्ने व्यवस्था मिलाइएको व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलले बताए ।

सहभागीहरुलाई विहानको खाना र दिउँसोको खाजा महाधिवेशन स्थलमा नै व्यवस्था गरिएको छ । हरेक दिन विहान ९ देखि ११ बजेसम्म खाना खाने समय छुट्याइएको छ भने खाजा प्याकेटमा दिइनेछ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ४ : १० बजे

बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री मेहता

सुनसरी – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिपी कोइराला

प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक

हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता

चितवन – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी बढाएको

बङ्गलादेशको निर्यातमा सामान्य कमी

ढाका – सन् २०२५ को जुलाईदेखि सन् २०२६ को जुलाईसम्मको