अहिले नै पार्टीको उत्तराधिकारी घोषणा गर्दिनँ, तर राम्रो नेता आए छाड्छु : प्रचण्ड (भिडियो) | Khabarhub Khabarhub

अहिले नै पार्टीको उत्तराधिकारी घोषणा गर्दिनँ, तर राम्रो नेता आए छाड्छु : प्रचण्ड (भिडियो)


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले तत्काल पार्टीको नेतृत्व नछाड्ने बताएका छन् । बिहीबार राजधानीमा अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले आफ्नो पार्टीमा केही नेताहरु प्रचण्डबाट हुँदैन भन्नेमा लागेकोसमेत बताए ।

उनले भने, ‘मुखमा त भन्न सक्दैनन्, तर अब प्रचण्डबाट हुँदैन भन्छन् रे । सबैलाई समेटेर लिने भेटिए त म किताब लेखेर बस्छु । तर यसो हेर्छु…। लास्ट एक पटक लडाइँ लड्छु ।’ माओवादी केन्द्रले महाधिवेशनको तयारी गरिरहेका बेला प्रचण्डले फेरि पार्टीको नेतृत्व नछाड्ने बताएका हुन् ।

प्रचण्ड माओवादीको स्थापनाकाल २०५२ देखि लगातार नेतृत्वमा छन् ।

तर, उनले आफूसँग प्रतिस्पर्धामा आउन भने नेताहरुलाई आह्वान गरे । उनले भने, ‘प्रतिस्पर्धामा आउनुहोस, राम्रो कार्यक्रम ल्याउनु भयो । पार्टीमा पारित भयो भने म उत्तराधिकारी घोषणा गरेर बिदा लिन्छु । तर अहिले नै उत्तराधिकारी घोषणा भने गर्दिनँ ।’

प्रचण्डले चिनियाँ नेता माओले लिन प्याओलाई उत्तराधिकारी घोषणा गरे जस्तो नगर्ने बताए । उनले भने, ‘माओले उत्तराधिकारी घोषणा गरेपछि उनै लिन प्याओले माओलाई गोली हान्ने अवस्था आयो । यो उत्तराधिकारी भनेको काल हुँदो रैछ । तर राम्रो काम गर्नेलाई छाड्छु ।’

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ६ : ११ बजे

टक्सार बजारमा खुल्यो सङ्ग्रहालय

टक्सार– भोजपुरको टक्सार बजारमा सङ्ग्रहालय स्थापना गरिएको छ । भोजपुर

यस्ता छन् १० देशमा बढी निर्यात हुने सूची, कुन देशमा कति ? 

काठमाडौं– भन्सार विभागले चालु आर्थिक वर्ष २०८२/८३ को एक महिना

राज्यले थन्क्याएका सवारीसाधन पाँच सचिवले हेर्ने, विवरण पीएएमएसमा राखिने

काठमाडौँ – सरकारले जफत गरिएका र बेवारिस फेला परेका लगायत

बढ्दै गइरहेको नेपाल-चीनको सम्बन्ध

काठमाडौं– प्राध्यापक हुआङ झेङ डुओ चीनको सिचुआन विश्वविद्यालयको नेपाल अध्ययन

मधेसका २५ पालिकामा पशुपक्षी उपचार केन्द्र निर्माण गरिँदै

जनकपुरधाम– मधेस प्रदेशका १३६ पालिकामध्ये २५ वटामा कृषि तथा पशुपक्षी