गोपालप्रसाद सिग्देल सचिवमा बढुवा « Khabarhub

गोपालप्रसाद सिग्देल सचिवमा बढुवा


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले सहसचिव गोपालप्रसाद सिग्देललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गरेको सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसैगरी बैठकले स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने विश्व व्यापार सङ्गठन (डब्लुटिओ) को १२औँ मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ ।

त्यस्तै इन्टरपोलको ८९औँ महासभामा भाग लिन स्वीकृति दिने निर्णय पनि भएको छ । त्यसैगरी विभिन्न मन्त्रालयअन्तर्गतका विकास आयोजनाका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ९ : ४५ बजे

विपद्‍मा अमानवीय हर्कत : नारायणीले बगाएर ल्याएको शवबाट मुन्द्रा तान्ने दुईजना पक्राउ

भरतपुर- विपद्का समयमा लुटपाट तथा अमानवीय गतिविधि गर्ने दुईजना मानिस

जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जलवायु

भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छाड्न आग्रह

काठमाडौं- भोटेकोशी नदीमा अर्को ठूलो सम्भावित बाढीको जोखिम बढेपछि तल्लो

कार्टुन : लाशमाथि डलर खेती !

काठमाडौं– बुधबार रसुवागढीस्थित भोटेकोसीमा आएको भीषण बाढीपछि देश यतिबेला शोकमग्न