प्रविधिमा आधारित पठनपाठन सञ्चालन गर्न विद्यालयमा इन्टरनेट « Khabarhub

प्रविधिमा आधारित पठनपाठन सञ्चालन गर्न विद्यालयमा इन्टरनेट


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- साकेला गाउँपालिकाका सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट विस्तारको काम सुरु गरिएको छ । गाउँपालिकाले नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा पालिकाभरिका २३ सामुदायिक आधारभूत विद्यालयमा कम्तीमा २० एम्बिपिएस क्षमताको नन–डेडिकेटेड ब्रोडब्याण्ड इन्टरनेट विस्तारको काम सुरु गरेको हो ।

सामुदायिक विद्यालयमा इन्टरनेटका माध्यमबाट प्रविधिमा आधारित पठनपाठन सञ्चालन गर्न ब्रोडब्याण्ड इन्टरनेट जडानको काम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्काले बताए। ‘अहिलेको युग भनेको सूचना र प्रविधिको युग हो भन्दा फरक पर्दैन’, उनले भने, ‘समयको मागअनुसार विद्यार्थी शिक्षा दिलाउन गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालयमा प्रविधिमा आधारित पठनपाठन सञ्चालन गर्न इन्टरनेट जडानको काम सुरु गरिएको हो ।’

सिरहाको लहानबाट उदयपुरको गाईघाट हुँदै खोटाङकै दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मासम्म आइपुगेको फाइबर इन्टरनेटको तारलाई नै साकेलासम्म लगेर विस्तार गर्ने तयारी गरिएको छ । पालिकाभरिका सामुदायिक आधारभूत विद्यालयमा ग्रामीण दूरसञ्चार विकास कोष प्रयोग गरी ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याउन नेपाल दूरसञ्चार प्राधिकरण र गाउँपालिकाबीच गत जेठ २५ गते समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो ।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक डा सुरेन्द्रलाल हाडा र प्रमुख प्रशासकीय अधिकृत रविन मगरबीच भएको समझदारीपत्रमा दुई वर्षका लागि महसुल र जडान खर्चवापत प्रतिसाइट औषत रु २६ हजार २८१ कायम गरिएको उल्लेख छ । समझदारीपत्रमा दूरसञ्चार प्राधिकरणले तोकिएका सामुदायिक आधारभूत विद्यालयमा सेवा जडान गरिसकेपछि सेवा प्रदायकलाई पालिकामार्फत जडान खर्च र दुई वर्षको महसुल उपलब्ध गराउने, जडान खर्च र दुई वर्षको महसुल खर्चबाहेक अन्य कुनै प्रकारको प्रशासनिक खर्च, खम्बा वा सोको भाडावापतको खर्च उपलब्ध गराउने उल्लेख छ ।

यस्तै गाउँपालिकाले दूरसञ्चार प्राधिकरणबाट इमेल तथा इन्टरनेट सेवाको अनुमतिपत्र प्राप्त सेवा प्रदायकमध्येबाट एक सेवा प्रदायक छनोट गर्ने, तोकिएबमोजिम उपकरण जडानपछि तोकिएबमोजिमको सेवाको गुणस्तर कायम भएको यकिन गरी प्राधिकरणलाई सिफारिस गर्ने, जडान खर्च र दुई वर्षको महसुल खर्चबाहेक अन्य कुनै प्रकारको प्रशासनिक खर्च, खम्बा वा सोको भाडावापतको खर्च पालिकाले उपलब्ध गराउनुपर्ने छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ७ : २७ बजे

प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टीद्वारा काठमाडौंबाट उम्मेदवार सिफारिस

काठमाडौँ– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी नेपाल, काठमाडौँ

बिरामीलाई महँगा अस्पताल लैजाने एम्बुलेन्स चालकलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक प्रलोभनमा पारी बिरामीलाई महँगा

रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै मन्त्रालय

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले १०० दिनको अवधिमा

ओखलढुङ्गामा विद्यालय भवनको शिलान्यास, भारतको ४ करोड आर्थिक सहयोग

काठमाडौं– ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयका लागि नयाँ

कस्मेटिका २०२५ : नेपालमा पहिलो ठूलो सौन्दर्य, वेलनेस र कस्मेटिक्स एक्स्पो

काठमाडौं– नेपालमा पहिलो पटक आयोजित कस्मेटिक, सौन्दर्य र वेलनेस सम्बन्धी