ज्येष्ठ नागरिक दिवस : ‘बा आमाको सेवा, स्वास्थ्य उपचारमा टेवा’ कार्यक्रमको शुभारम्भ « Khabarhub

ज्येष्ठ नागरिक दिवस : ‘बा आमाको सेवा, स्वास्थ्य उपचारमा टेवा’ कार्यक्रमको शुभारम्भ


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – महालक्ष्मी नगरपालिकाले ३१औँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा ‘बा आमाको सेवा, स्वास्थ्य उपचारमा टेवा’ नामक कार्यक्रमको शुभारम्भ गरेको छ ।

नगर प्रमुख रामेश्वर श्रेष्ठले बिहीबार सो सेवासहित ज्येष्ठ नागरिकलाई खादा र कम्बल ओढाएर सम्मान गरे । उनले भने, ‘तपाईँहरु समाजका उदाहरणीय अङ्ग हुनुभएकाले सबै उच्च सम्मानका साथ कदर गर्दै अघि बढ्नेछौँ ।’ नगरपालिकाभित्रका ७० वर्षमाथिका हरेक नागरिकको घरदैलोमा गएर प्रत्येक महिनाको एकपटक रक्तचाप, मधुमेह तथा नाडीको गति र अक्सिजनको मात्रा आदिजस्ता स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

उपप्रमुख निर्मला थापाले ज्येष्ठ नागरिक राष्ट्रका गहना भएकाले सम्हाल्दै अघि बढ्ने बताइन् । कार्यक्रममा सहभागी जेष्ठ नागरिकमध्ये सबैभन्दा ज्येष्ठ हेमकुमारी विष्टसहित अन्य ३९ लाई सम्मान गरी सबैको स्वास्थ्य परीक्षणसहित औषधिसमेत वितरण गरिएको थियो ।

‘स्वच्छ, सफा, समृद्ध सुन्दर-महालक्ष्मी नगर’ भन्ने नाराका साथ नगरपालिकाले चालु आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सो कामलाई छिट्टै अघि बढाउने प्रतिबद्धताअनुरुप थालनी गरेको हो ।

श्रेष्ठले नगरसभामार्फत नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सबै सामुदायिक विद्यालयमा ‘विद्यालय नर्स घुम्ती सेवालाई निरन्तरता’, वडा नं ८ लुभु प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पतालमा स्तरोन्नतिका लागि व्यवस्था तथा वडा नं ९ लामाटारमा ५० शय्याको सरुवा रोग अस्पताल स्थापनाका लागि पहल गर्नाका साथै वातावरण प्रदूषण गर्ने उद्योगको स्थापना एवं सञ्चालनमा रोक र हरेक घरमा हरियाली तथा पोषण प्रवद्र्धन गरिने बताए।

नगरपालिकामा सामाजिक सुरक्षा भत्ता खाने कूल दुई हजार २१० नागरिक रहनाका साथै निवृत्तिभरणको सेवा तथा सुविधासमेत लिने गरी करिब तीन हजार ज्येष्ठ नागरिक रहँदा मात्र ७० वर्ष कटेकाले महिनाको एकपटक निःशुल्क स्वास्थ्य परीक्षण गर्न पाउने जानकारी गराइएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ८ : १५ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी