ट्याक्टरको ठक्करबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु | Khabarhub Khabarhub

ट्याक्टरको ठक्करबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- ट्याक्टरको ठक्करबाट घाइते एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

स्याङ्जाको आँधीखोला गाउँपालिका-५ बरको बोटको ओरालोमा ग१त ३१६८ नंको ट्याक्टरको ठक्करबाट घाइते भएकी सोही ठाउँकी ४५ वर्षीया माया विकको उपचारका क्रममा गए राति पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

बिहीबार साँझ साढे ५ बजेको समयमा ओरालोमा रोकिराखेको ट्याक्टर आफैँ अगाडि बढ्न जाँदा विकलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी विकको उपचारका क्रममा मृत्यु भएको अस्पतालले घोषणा गरेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ८ : २८ बजे

नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा विजयी

काठमाडौं – पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ

सामुदायिक विद्यालयर सुधारको विषयमा छलफल

काठमाडौं – सामुदायिक विद्यालय सुधारको विषयमा छलफल भएको छ। शनिबार

पहिरो रोकथाम गर्न ‘बायो इञ्जिनियरिङ’ प्रविधि

गलकोट – बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि

रौतहटमा शङ्कास्पद सुटकेसमा महिलाको शव

रौतहट– रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव

पाटन दरबारको ऐतिहासिक घण्ट जीर्ण अवस्थामा

ललितपुर– विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन