गठबन्धन टिक्ने वा टुक्रिने भन्ने परिस्थितिले नै निर्धारण गर्छ : केसी « Khabarhub

गठबन्धन टिक्ने वा टुक्रिने भन्ने परिस्थितिले नै निर्धारण गर्छ : केसी


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको सरकार संवैधानिक व्यवस्थाअनुसार नै बनेको बताएका छन् ।

प्रगतिशील पत्रकार सङ्घ बागलुङद्वारा आयोजित पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् । सरकारले ल्याएको अध्यादेश बाध्यताको उपज भएको बताउँदै अध्यक्ष केसीले अहिलेका पाँच दलीय गठबन्धन टिक्ने वा टुक्रिने भन्ने परिस्थितिले नै निर्धारण गर्ने बताएका छन् ।

सरकारले ल्याएको २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद भए दल विभाजन गर्न सकिने प्रावधान राखेर राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज भइसकेपछि अध्यक्ष केसीले यसबारे मुख खोलेका हुन् ।

त्यस क्रममा उनले ठुला राजनीतिक दलले राजनीतिलाई व्यापार बनाएको आरोप लगाए । ‘व्यवस्था परिवर्तन भए पनि ठुला दलको प्रवृत्ति सुध्रिएन । प्रवृत्ति नसुध्रिएका कारण राष्ट्रियता र गणतन्त्र धरापमा परेको छ ।’ उनले भने, ‘दलका रिसले राजतन्त्र मागिरहेका छन्, हामीले सङ्घर्ष गरी ल्याएका गणतन्त्रमा कसरी धावा बोलिँदै छ ।’

दलहरू सत्ता बाहिर रहँदा राष्ट्रियता र गणतन्त्रको पहरेदार बन्ने र सत्तामा पुगेपछि आफू र आफ्नामा केन्द्रित हुने हुँदा आफूहरू सरकारमा बसेर भन्दा प्रतिपक्षमै बसेर खबरदारी गर्ने बताए ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ११ : ५६ बजे

विपद्‍मा अमानवीय हर्कत : नारायणीले बगाएर ल्याएको शवबाट मुन्द्रा तान्ने दुईजना पक्राउ

भरतपुर- विपद्का समयमा लुटपाट तथा अमानवीय गतिविधि गर्ने दुईजना मानिस

जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जलवायु

भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छाड्न आग्रह

काठमाडौं- भोटेकोशी नदीमा अर्को ठूलो सम्भावित बाढीको जोखिम बढेपछि तल्लो

कार्टुन : लाशमाथि डलर खेती !

काठमाडौं– बुधबार रसुवागढीस्थित भोटेकोसीमा आएको भीषण बाढीपछि देश यतिबेला शोकमग्न