जंगली बँदेलको मासुसहित २ जना पक्राउ « Khabarhub

जंगली बँदेलको मासुसहित २ जना पक्राउ


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– जंगली बँदेलको मासुसहित २ जना पक्राउ परेका छन् । सुनसरीको इनरुवा नगरपालिका–४ बसपार्क नजिकबाट ३३ किलो जंगली बदेलको मासुसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कोशी गाउँपालिका–६ बस्ने बिसे शर्मा र उदय मुखिया मलाह रहेका छन् । स १ प ९१७६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा बोरामा ल्याउँदै गरेको उक्त मासु फेला पारी मोटरइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।

बरामद मासुसहित उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय सुनसरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  १२ : २३ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि