लगातार तीन खेल जित्दै चितवन प्लेअफमा | Khabarhub Khabarhub

लगातार तीन खेल जित्दै चितवन प्लेअफमा


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चितवन टाइगर्स एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) को जारी चौथो संस्करणको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । शुक्रबार तेस्रो जित हात पार्दै दुई खेल बाँकी रहँदै चितवन प्लेअफ पुगेको हो ।

चितवनले शुक्रबार पोखरा राइनोजमाथि ९ विकेटको सहज जित हात पारेको हो । मोहमद शाहजाद र भिम सार्कीले अर्धशतकीय इनिङ्स खेलेपछि चितवनले पोखरालाई सहजै पाखा लगायो ।

खराले दिएको १ सय २४ रनको लक्ष्य चितवनले १६ ओभर ४ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्‍यो । चितवनको जितमा शाहजाद र सार्कीले १ सय २२ रनको अविजित साझेदारी गरे ।

अफगानी क्रिकेटर शाहजादले दुई छक्का र ७ चौकाको मद्दतमा सर्वाधिक ६३ रन बनाए भने सार्कीले ४२ बलमा ५४ रन बनाए ।

ओपनर इशान पाण्डे शून्य रनमा आउट भए । पोखराका बिक्रम सोवले एक विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो । पोखराको लागि विवेक यादवले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४५ बलमा ३ छक्का र ३ चौका प्रहार गरे ।

रिचर्ड लेभीले १७ वलमा दुई छक्का र एक चौकाको मदतमा २० रन जोडे । लोकेश वम ८, कप्तान विनोद भण्डारी ५, रित गौतम २ रनमा आउट भए भने सुनिल धमला शून्य रनमै आउट भए ।

चितवनका शाहब आलम र कमल सिंह ऐरीले समान दुई–दुई विकेट लिदा सोमपाल कामीले एक विकेट हात पारे ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ५ : ३७ बजे

तीन महिनामा १८ प्रतिशत बजेट खर्च

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को सुरुआती तीन महिनामा सरकारले

एभरेस्ट होटेलमा मिराजको पत्रकार सम्मेलन (तस्बिरहरू) 

 काठमाडौं– जेन–जी आन्दोलनपछि एकाएक चर्चामा आएका मिराज ढुंगानाले नयाँ बानेश्वरस्थित

बारा र पर्सामा लक्षित जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप

काठमाडौं– बारा र पर्सामा कुल जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप

स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउन लागौँ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष

मिराजको बेनामी पार्टीले चुनाव नलड्ने

काठमाडौं- जेन–जी आन्दोलनपछि एकाएक चर्चामा आएका मिराज ढुंगानाले नयाँ बानेश्वरस्थित