काठमाडौँ प्रशासनले भन्यो : स्वास्थ्य मापदण्ड पालना गरिएका काम कारवाहीमा रोक लगाएका छैनौँ « Khabarhub

काठमाडौँ प्रशासनले भन्यो : स्वास्थ्य मापदण्ड पालना गरिएका काम कारवाहीमा रोक लगाएका छैनौँ


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ प्रशासनले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गरिएका काम कारबाहीमा कुनै अवरोध नरहने जनाएको छ ।

प्रशासनबाट बिहीबार जारी आदेशको बुँदा नम्बर १ मा उल्लेखित विषयमा सार्वजनिकरुपमाा भएको चासो, चिन्ता र अभिव्यक्तिका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रशासनले पूर्वसतर्कताका लागि मात्रै आदेश जारी गरिएको आज विज्ञप्तिमार्फत स्पष्ट पारेको हो ।

बुँदा नम्बर १ मा कोभिड–१९ सङ्क्रमण कायमै रहेको हुँदा अनावश्यकरूपमा मानिस घरबाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा, जुलुस गर्ने, जात्रा महोत्सव भोजआदि नगर्ने/नगराउने उल्लेख छ ।

उक्त आदेशले कुनै पनि प्रकारका सभा, सम्मेलन, धार्मिक तथा सांस्कृतिक मेला, जात्रा, पर्वलगायत चाडपर्व लक्षित अन्य क्रियाकलाप गर्दा स्वास्थ्यको मापदण्ड पालना गरी गर्न/गराउन कुनै बन्देज नलगाइएको जारी विज्ञप्तिमा उल्लेख छ ।

वर्तमान समयमा कोभिठको जोखिम कायमै रहेकाले त्यसको नियन्त्रणका सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय एवं प्रचलित कानूनले दिएको अधिकारको प्रयोग गरी यसअघि जारी भएका आदेशको निरन्तरताको रुपमा उक्त आदेश जारी गरिएको काठमाडौँ प्रशासनले स्पष्ट पारेको छ ।

उक्त आदेश कोभिड–१९ सङ्क्रमण फैलिन नदिनका लागि पालना गर्नुपर्ने मापदण्ड र पूर्वसतर्कताका सम्बन्धमा मात्र जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

यसअघि विहिबार साँझ गृह मन्त्रालयले पनि सूचना जारी गरी नेपालको संविधान, प्रचलित कानुन र कोभिड–१९ नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य मापदण्डभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने नेपाल सरकारको कुनै आदेश र उद्देश्य नभएको स्पष्ट पारेको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ८ : ३० बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी