सरकार विस्तारबारे छलफल गर्न माओवादी केन्द्रको बैठक बस्दै « Khabarhub

सरकार विस्तारबारे छलफल गर्न माओवादी केन्द्रको बैठक बस्दै


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज (आइतबार) बस्दैछ । बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नामका विषयमा छलफल हुनेछ ।

यसअघि शनिबार बसेको स्थायी समितिको बैठकमा मन्त्रिपरिषद्मा सहभागी हुने सदस्यका बारेमा कुनै छलफल नभएको प्रवक्ता कृष्णबहादुर महराले बताएका थिए ।

हिजोको बैठकपछि उनले भनेका थिए, ‘आज त्यसबारेमा कुनै छलफल भएन । भोलि बस्ने बैठकमा त्यसबारेमा छलफल हुन्छ ।’

शनिबारको बैठकमा अखिल (क्रान्तिकारी)को नेतृत्वको विषयमा छलफल भएको थियो । क्रान्तिकारीका अध्यक्षका प्रत्यासी धेरै भए पनि उनीहरु सबै आफैँमा योग्य भएकाले उनीहरुको बारेमा छलफल भएको थियो ।

माओवादीका नेताहरुका अनुसार क्रान्तिकारीको अध्यक्षको चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । यस्तै विशेष समितिका रहने सदस्यका बारेमा समेत बैठकमा छलफल भएको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ७ : २५ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट