मुख्यमन्त्री राउतलाई पाकिस्तानी प्रधानमन्त्रीसँग जोडेर पुत्ला दहन « Khabarhub

मुख्यमन्त्री राउतलाई पाकिस्तानी प्रधानमन्त्रीसँग जोडेर पुत्ला दहन


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – राष्ट्रिय एकता अभियानले बाराको कलैयामा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध प्रदर्शन गरेको छ ।

अभियानले मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको पुतलासमेत दहन गरेको छ ।

अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले मुख्यमन्त्री राउतले पाकिस्तानको इशारामा प्रदेश २ लाई तालिबान बनाउन खोजेको आरोप लगाउँदै तत्काल राजीनामा दिन माग गरेका छन् ।

उनले भने, ‘पछिल्लो समय मुख्यमन्त्री राउतले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन खोजेका छन्, यस्ता भ्रष्ट मुख्यमन्त्रीलाई पदमा बसी राख्न कुनै औचित्य छैन।’

विश्वका अधिकांश देशमा मदरसामाथि प्रतिबन्ध लागिरहेको बेला नेपालमा मदरसा शिक्षा विधेयक ल्याई प्रदेश २ लाई तालिबान संस्कृतितिर धकेल्न लागिएको अन्य वक्ताहरूले आरोप लगाएका थिए ।

उनीहरूले ‘इमरान खान मुर्दावाद, मदरसा शिक्षा विधेयक फिर्ता गर, प्रदेशलाई तालिबान बनाउने मुख्यमन्त्री राजीनामा दे’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ८ : ५० बजे

आज जर्सीसँग एकदिवसीय प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जर्सीसँग प्रतिस्पर्धा गर्दैछ

पहिरोले मेची राजमार्ग अवरुद्ध

इलाम– निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै वैकल्पिक

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके– बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा पुल

राहदानी विभागमा नयाँ प्रणाली सुरु : एक करोड डेटा एकसाथ सारियो

काठमाडौँ – परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा धेरै

हेटौँडामा बाढी: चालकसहित ट्रक बगायो

हेटौँडा- हेटौँडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा सोमबार बिहान आएको बाढीले