दुर्घटनामा तीन जनाको मृत्यु | Khabarhub Khabarhub

दुर्घटनामा तीन जनाको मृत्यु


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरी र मोरङमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

सुनसरीको दुहवी नगरपालिका–१० स्थित भित्री सडकमा  को १९ प ५०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनमा गम्भीर घाइते मोटरसाइकल चालक दुहवी–११ का ४५ वर्षीय ईश्वरचन माझी चौधरीको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा शनिबार साँझ  सवा ७ बजे मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

यस्तै सुनसरीकै दुहवी–८ सोनापुरमा यात्रुबहाक बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । ना ५ ख ४५१३ नम्बरको बसले साँझ ६:१५ बजेतिर ठक्कर दिँदा पैदल यात्री मोरङको बेलबारी नगरपालिका बस्ने ७२ वर्षीय वृद्ध पवनलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै मोरङको विराटनगर महानगरपालिका–१४ मा खेल्दै गरेका एक  नाबालकको सिटी सफारीको ठक्करबाट मृत्यु भएको छ ।

को १ ह ४३५० नम्बरको सफारीमा ठोक्किएर साँझ ७ बजेतिर अमर महतोका अढाई वर्षीय छोरा अनिल महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  १२ : ४६ बजे

हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

बारा– कलैया उपमहानगरपलिका-१४ बघवन बस्ने ५० वर्षीय नन्दु राउत कुर्मीको हत्या भएको

विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित पक्राउ

काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित

प्रभासको फिल्म ‘द राजा साब’को टिजरले पायो चर्चा, दर्शकबाट मिश्रित प्रतिक्रिया

काठमाडौं – दक्षिण भारतीय नायक प्रभासको आगामी फिल्म ‘द राजा

गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु

एजेन्सी – गाजा पट्टीका धेरै क्षेत्रमा सहायता खोज्नेहरू, घरहरू र